२ पुस २०८२, बुधबार | December 17, 2025

त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्याण्डसविरुद्ध टस जितेर नेपाल पहिला ब्याटिङमा



काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा भैरहेको छ ।

टियु मैदानमा सुरु भएको यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले पहिला बलिङ गरिरहेको छ।

आइतबार खेल वर्षाले प्रभावित बनाएपछि नामिबिया र नेदरल्यान्ड्सले अंक बाँडेका थिए । यो खेलपछि फाइनलको समीकरण तयार भएको थियो ।

यो खेलबाट १ अंक पाएको नेदरल्यान्ड्स ५ अंकका साथ फाइनल पुगेको हो । नेपालले भने यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो ।

शनिबारको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपालले ४ अंकका साथ फाइनलमा स्थान बनाएको थियो । नेपालले सुरुवाती दुई खेल हारे पनि पछिल्ला दुई खेल लगातार जितेको थियो ।

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाल नेदरल्यान्ड्स र नाममिबिया सम्मिलित छन् । ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो ।

टी-२० विश्वकपको तयारी स्वरुप खेलाइएको यो सिरिज जित्‍नका लागि आज दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनुपर्नेछ । नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ भने नेदरल्यान्ड्स एसोसिएट राष्ट्रको बलियो टोली भएकोले फाइनल खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : ३३ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि