६ भदौ २०८३, शनिबार | August 22, 2026

खजुराको क्यान्सर अस्पतालले पायो एघारौं तहको मेडिकल सुपरिटेन्डेन्ट



नेपालगन्ज । बाँकेको खजुरामा रहेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा नयाँ मेडिकल सुपरिटेन्डेन्ट पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रकाश प्रसाद शाहलाई नयाँ मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेर पठाएको हो ।

यस अघि काजमा मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. निरज भट्टराईको काज फिर्ता गर्दै शाहलाई नियुक्ति दिएर मन्त्रालयले नयाँ मेडिकल सुपरिटेन्डेन्ट पठाएको हो । शाहको नियुक्तिसँगै क्यान्सर अस्पतालले पहिलो पटक ११ औं तहका प्रशासक पाएको छ। डा शाहले बिहिबारबाट कार्यभार सम्हाल्ने बताइएको छ ।

सप्तरीका स्थायी बासिन्दा डा. शाह एमबिबिएस चिकित्सक सहित जन स्वास्थ्य विषयमा स्नाकोत्तर गरेका अनुभवि प्रशासक हुन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : २६ बजे

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पत्रकार महासंघ रुपन्देहीद्वारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३ औँ राष्ट्रपतिमा मिर्जा