३ पुस २०८२, बिहिबार | December 19, 2025

बुटवल फर्निचर संघको अधिवेशन सम्पन्न



बुटवल । बुटवल फर्निचर उद्योग संघको २० औ साधारण सभा तथा दशौ अधिवेसन सम्पन्न भएको छ ।

सीप, जागर र लगानीको सदुपयोग गरि आत्मनिर्भर बनौ भन्ने नारासहित संघक‍ो शनिबार अधिवेशन भएको हो । अधिवेसनको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवि आचार्यले उद्घाटन गर्दै श्रम बजारको आवश्यकताको आधारका युवाहरुलाई दक्ष सीप सिकाउन नगरप्रमुख ईलम कार्यक्रम, महिला उद्यमशिलता कार्यक्रम समेत चलाउदै आएको उनले बताईन ।

कार्यक्रममा संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले निकै कठिन समयमा कार्यक्रम गर्नुपरेको बताए । विश्वभर नै कोभिड १९ को संक्रमण रहेको बेला गरिएको कार्यक्रमलाई खुम्चाउनुपरेको उनले दुखेसो गरे । स्वदेशी फर्निचरको प्रयोगमा जोड दिने आफुहरुको मागलाई प्रदेश सरकारबाट सम्बोधन गरेको भन्दै उनले यसलाई ब्यावहारिक रुपमा कार्यान्वय गर्न जरुरी रहेको बताए । पत्रकारिता क्षेत्रबाट स्वदेशी फर्निचर उद्योगलाई प्रवदनमा सहयोग गर्नुहुने एक जना पत्रकारलाई आगामी वर्षदेखि नगद ११ हजार १ सय ११ रुपैया पत्रकारिता पुरस्कार स्थापना गरिएको उनले बताए ।

संघका सल्लाहकार समितिका संयोजक विष्णु कुमार श्रेष्ठले आर्थिक विकास बिना देश विकासक‍ो गति लिन नसक्ने बताए । संघ स्थापना गरि सार्वजनिक जग्गा प्राप्ति, राफल चिठ्ठा खेलाएर आर्थिक जुटाउदै सचिवालयसम्मक‍ो यात्रा भएको उनले बताए ।

महासचिव जिवकान्त काफ्लेले संघको वार्षिक प्रतिवेदन पेश गर्दै उद्योगीहरुलाई एकतावद्घ गरि संगठनात्मक रुपमा अघि बढेको बताए । विदेशी बस्तुको भन्सार दर न्यून हुदा स्वदेशी उद्योग फष्टाउन नसकेको उनले बताए । उद्योगीहरु जग्गाको ठूलो समस्यामा गुज्रिरहेको बेला औधोगिक क्षेत्र छिटो तयार गर्न जरुरी रहेको उनले बताए । अझैपनि धेरै उद्योगीहरु संघभन्दा बाहिर रहेको भन्दै समेटेर लैजान जरुरी रहेको उनले बताए ।

दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न तालिम, फर्निचर उत्पादनको प्रचारप्रसार गर्न प्रदर्शनी लगायत कार्यक्रम गरिने उनले बताए । जिल्लामा ७ हजार ५ सय जनशक्तिहरुले रोजगार पाउन सफल रहेको उनको दाबी छ ।

नेपाल फर्निचर तथा फर्निसिङ महासंघका केन्द्रिय उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा, रुपन्देही ब्यापार संघका अध्यक्ष डिल्लिराम भण्डारी, उद्योग व्यापार संघका उद्योग उपाध्यक्ष गोबिन्द गैरे, ग्रिल ब्यवसायि संघका अध्यक्ष तुल बहादुर सारु, कोषाध्यक्ष अशोक कुवर, सचिव नेत्र रुचालले सरकारलाई उद्योगमैत्री नीतिहरु ल्याउन पटकपटक झकझकाउने काम र उद्योगीहरुको हकहितसंगै सामाजिक हितमा संस्थागत रुपमा बढेको बताए ।

कार्यक्रममा संघको भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
यसैगरि पत्रकारिता क्षेत्रबाट स्वदेशी फर्निचर उद्योगलाई सहयोग गरेको भन्दै पत्रकार स्वस्तिक श्रेष्ठ र विश्वास ढकाललाई सम्मानपत्रले सम्मान गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ५ : ०० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको