१७ माघ २०८२, शनिबार | January 31, 2026

‘नेसनल क्याडेट कर्प्स’ – मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन् ।

नेसनल क्याडेट कर्प्स (एनसिसी) कार्यक्रम अन्तर्गतको विभिन्न दक्षिण एसियाली देशका सैन्य अधिकृतबीचको तालिम आदानप्रदान कार्यक्रममा सहभागी सैन्य प्रशिक्षार्थीहरूसँग आज सिंहदरबारमा भएको भेटममा उनले एकअर्का देशको आर्थिक–सामाजिक एवं सांस्कृतिक अवस्थाबारे सचेतना र सम्मानमा विस्तार गर्ने विश्वास व्यक्त गरे ।

“मलाई विश्वास छ, यो कार्यक्रमले देशहरूबीच रहेका अदृश्य सीमाहरू उजागर गर्ने र त्यसलाई न्यूनीकरण गर्नेछ” प्रधानमन्त्री प्रचण्डले भने, “यसले समग्र विश्व एक अन्तरआवद्ध समुदाय हो भन्ने कुराको सशक्त सन्देश प्रवाह गर्नेछ ।”

यस्ता कार्यक्रमले विभिन्न क्षेत्रका युवाहरूलाई देशप्रति समर्पित, अनुशासित जिम्मेवार भावी नेतृत्व र नागरिकका रूपमा विकास गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रचण्डले राष्ट्रियता, नेतृत्व, आत्मविश्वास र देशका लागि स्वयंसेवा गर्ने प्रतिबद्धता गर्ने बताए ।

कार्यक्रमले युवामा आत्मसम्मानको विकासमा मात्र नभई सामुदायिक विकास र आवश्यक परेका समयमा स्वयंसेवा गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यसले ऊर्जाशील युवामा वहुआयामिक ज्ञानको विकास हुने बताए। युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान माल्दिभ्सलगायतका ‘नेसनल क्याडेट कर्प्स’को सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ११ : २० बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले