१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी



भैरहवा । मोहम्मद हुसेन र मिथलेश यादवको विस्फोटक ब्याटिङमा प्रोफेसनल मास्टर्स-११ ले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन-डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बुधबारको खेलमा शानदार जित निकालेको छ । उसले बुटवल युथमाथि ३ सय ७९ रनको अन्तरले ऐतिहासिक जित निकालेको हो । साढे दुई दशकको सुपरलिग इतिहासमा यो सबैभन्दा फराकिलो रन अन्तरको जित हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर जितेर ब्याटिङमा आएको प्रोफेसनलले निर्धारित ४९ ओभरको अ‍ेलमा ४७ ओभर २ बलमा सबै विकेट गुमाएर ४ सय ५६ रनको विशाल योगफल बनायो । उसका लागि ९१ ब्लको सामना गरेका मोहम्मदले २१ चौका र ३ छक्काको मघतमा १ सय ४४ रनको पारी खेले । यस्तै, आक्रमक ब्याटिङ गरेका मिथलेशले ८९ रन बनाउँदा अजय त्रिपाठीले ४६, आदित्य त्रिपाठीले ३२, जयप्रताप यादवले अविजित २४, सफ्दरजंग खानले २०, अमनकुमार यादवले १५ र इमरान खानले १४ रन बनाए ।

बलिङमा बुटवल युथका अनिल चौधरीले ३, प्रविण ढकाल र विनित अधिकारीले २-२ तथा सोनु मल्लाह र अभिषेक पटवाले १-१ विकेट लिए ।

प्रतिउत्तरमा विशाल लक्षयसहित ब्याटिङमा आएको बुटवल युथ १८ ओभर १ बलमा ७७ रनमै अलआउट भयो । उसलाई सस्तैमा रोक्न प्रोफेसनलका मोहम्मद हुसेनले ३, जयप्रताप यादव र अजय त्रिपाठीले २-२ तथा तुसार चौहान र अमनकुमार यादवले १-१ विकेट हात पारे । बुटवल युथका लागि विनित अधिकारीले ३३ र अजय चौधरीले १५ रन बनाए पनि अन्य ब्याटर चल्नै सकेनन्, जसले गर्दा टिम भारी रनअन्तरले पराजित भयो । खेलमा प्रोफेसनलका मोहम्मद हुसेन म्यान अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : ३७ बजे

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता