१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

अपाङ्गता मैत्री संरचना निर्माणमा जोड



बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन । कोडिभ १९ विकासको लागि एउटा अवसर भएको भन्दै उनले अपाङ्गता मैत्री संरचना संगै सबैको लागि सहज रुपमा पहुँच पुग्ने गरी सरल विकास गर्नको लागि तिनै तहका सरकारलाई आग्रह गरे ।

बुटवलमा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय अध्यक्ष शर्माले अपाङ्गमैत्री संरचना मात्रै नभएर सबैका लागि सजिलो विकासको अवधारणा अनुसार अगाडी बढ्नुपर्ने बेला आएको धारणा राखे ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ ले आयोजना गरेको छलफलमा बोल्दै संघीय अध्यक्ष शर्माले सरकारी निकायबाट एउटा सानो मात्रै सुधार गरेमा पनि विकास निर्माणमा सबैको सहज पहुँच स्थापित हुने धारणा राखे ।

छलफलमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ का अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता मैत्री संरचना र विकास स्थापित गर्नको लागि मिडिया क्षेत्रको महत्पूर्ण भुमिका हुने भन्दै यसमा सबैको विशेष सहयोग हुनुपर्ने बताएका थिए ।

उनले अपाङ्गता भएका व्याक्तिहरुको सवाल निरन्तर उठान, समस्या समाधानको लागि मिडिया नै प्रमुख हात भएको भन्दै उनीहरुको सवाल मिडियामा निरन्तर रुपमा उठाउनको लागि आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ सचिव हुमनाथ अधिकारीले सकारात्मक सोँचको चिन्तन विकास भएमा समाज परिर्वतनको लागि धेरै समय नलाग्ने भन्दै अपाङ्गता भएका व्याक्तिहरु प्रति गरिने व्यावहार पुर्णरुपमा परिर्वतन आउन जरुरी रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ का अध्यक्ष देवीदत्त आचार्यको अध्यक्षता संघीय अध्यक्ष मित्रलाल शर्माको प्रमुख आतिथ्यता र प्रदेश ५ सचिव हुमनाथ अधिकारीको सञ्चालनमा भएको थियो ।

आईतबार बिहान राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश समिति र संघीय समितिले प्रदेश ५ का प्रदेश सभा सदस्य(सांसद)हरु संग समेत अपाङ्गता मैत्री प्रदेश निर्माणमा योगदानको विषयमा छलफल गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ३ : २८ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका