७ श्रावण २०८३, बिहिबार | July 23, 2026

वर्तमान सरकारलाई असफल हुने छुट छैन : उद्योगमन्त्री भण्डारी



नेपालगन्ज । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले फरक बिचार र फरक ध्रुवबीच गठबन्धन हुँदा परिणाम दिन नसकेका कारण अग्रगमनका पक्षधरता बोकेका शक्तिहरू एक हुनु पर्ने अवस्था आएको बताएका छन् । डल्फिन गु्रपको १४ औं वार्षिकोत्सवको आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री भण्डारीले सरकारलाई असफल हुने छुट नभएको बताए ।

उनले अघिल्लो गठबन्धनको गलत अर्थनीतिका कारण अर्थतन्त्र खुम्चिएको, रूङ्गन उद्योगको अवस्था धारासायी भएको र तीन खम्बे अर्थतन्त्र संकुचन भएको स्पष्ट पारे । उनले निजी क्षेत्र निरास हुँदै गएको उल्लेख गर्दै राज्य संरचना नै जनतालाई बोझिलो भएको हो कि भन्ने आशंका उत्पन्न भएको समेत बताए । जनताको निरासाको अन्त्य गर्न जरूरी रहेको उल्लेख गर्दै आशा पूरा गर्न सकिएन भने सरकारमा बस्नुको अर्थ नरहने बताए ।

अघिल्लो सरकारको अर्थ मन्त्रालयले बजेट सुनिश्चितता प्रदान गर्न नसक्दा निर्माण व्यवसायी निरास भएको चर्चा गर्दै उनले वर्तमान सरकारले नेपालको अर्थतन्त्र बलियो बनाएर उद्योगी व्यवसायीलाई उत्साहित बनाईने बताए । उनले अबैधानिकरूपमा खुल्ला सिमानाबाट चोरी पैठारीलाई कडाईका साथ नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिँदै सरकारले खुल्ला सिमालाई नियन्त्रण गर्ने दाबी गरे ।

मन्त्री भण्डारीले उद्योगहरुलाई लोडसेडिङ र हड्ताल मुक्त गराइने बताउँदै श्रमिकलाई सामाजिक सुरक्षामा ल्याइने प्रतिबद्धता ब्यक्त गरे । उनले आफ्नो कार्यकाल स्मरणीय बनाउने पनि दाबी गरे । उद्योग मन्त्री भण्डारीले रोजगारी र सेवाको लागि डल्फिन ग्रुपलाई बधाई तथा धन्यवाद पनि दिए ।

डल्फिन ग्रूपका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ग्रूपका सञ्चालक तीर्थबहादुर थापाले आफूहरुले नेपालगञ्जलाई केन्द्र विन्दुमा राखेर उद्योगहरु सञ्चालन गरिरहेको बताए । ग्रुपले पशुपंछिको दाना सहित बिभिन्न दर्जन बढी खाद्य उत्पादनहरुको उत्पादन तथा प्याकेजिङ गर्दै आएको छ ।

सोही अवसरमा नेपालगञ्ज उद्योग बाणिज्य संघले उद्योग मैत्री बाताबरण निर्माणका लागि दर्जनबढी मागसहित मनत्री भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष टंक धामी, महासचिव भिमबहादुर रानाभाट लगायतको समुहको टिमले ज्ञापन पत्र बुझाएको हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : २० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी