२९ बैशाख २०८१, शनिबार | May 11, 2024

वर्तमान सरकारलाई असफल हुने छुट छैन : उद्योगमन्त्री भण्डारी



नेपालगन्ज । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले फरक बिचार र फरक ध्रुवबीच गठबन्धन हुँदा परिणाम दिन नसकेका कारण अग्रगमनका पक्षधरता बोकेका शक्तिहरू एक हुनु पर्ने अवस्था आएको बताएका छन् । डल्फिन गु्रपको १४ औं वार्षिकोत्सवको आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री भण्डारीले सरकारलाई असफल हुने छुट नभएको बताए ।

उनले अघिल्लो गठबन्धनको गलत अर्थनीतिका कारण अर्थतन्त्र खुम्चिएको, रूङ्गन उद्योगको अवस्था धारासायी भएको र तीन खम्बे अर्थतन्त्र संकुचन भएको स्पष्ट पारे । उनले निजी क्षेत्र निरास हुँदै गएको उल्लेख गर्दै राज्य संरचना नै जनतालाई बोझिलो भएको हो कि भन्ने आशंका उत्पन्न भएको समेत बताए । जनताको निरासाको अन्त्य गर्न जरूरी रहेको उल्लेख गर्दै आशा पूरा गर्न सकिएन भने सरकारमा बस्नुको अर्थ नरहने बताए ।

अघिल्लो सरकारको अर्थ मन्त्रालयले बजेट सुनिश्चितता प्रदान गर्न नसक्दा निर्माण व्यवसायी निरास भएको चर्चा गर्दै उनले वर्तमान सरकारले नेपालको अर्थतन्त्र बलियो बनाएर उद्योगी व्यवसायीलाई उत्साहित बनाईने बताए । उनले अबैधानिकरूपमा खुल्ला सिमानाबाट चोरी पैठारीलाई कडाईका साथ नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिँदै सरकारले खुल्ला सिमालाई नियन्त्रण गर्ने दाबी गरे ।

मन्त्री भण्डारीले उद्योगहरुलाई लोडसेडिङ र हड्ताल मुक्त गराइने बताउँदै श्रमिकलाई सामाजिक सुरक्षामा ल्याइने प्रतिबद्धता ब्यक्त गरे । उनले आफ्नो कार्यकाल स्मरणीय बनाउने पनि दाबी गरे । उद्योग मन्त्री भण्डारीले रोजगारी र सेवाको लागि डल्फिन ग्रुपलाई बधाई तथा धन्यवाद पनि दिए ।

डल्फिन ग्रूपका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ग्रूपका सञ्चालक तीर्थबहादुर थापाले आफूहरुले नेपालगञ्जलाई केन्द्र विन्दुमा राखेर उद्योगहरु सञ्चालन गरिरहेको बताए । ग्रुपले पशुपंछिको दाना सहित बिभिन्न दर्जन बढी खाद्य उत्पादनहरुको उत्पादन तथा प्याकेजिङ गर्दै आएको छ ।

सोही अवसरमा नेपालगञ्ज उद्योग बाणिज्य संघले उद्योग मैत्री बाताबरण निर्माणका लागि दर्जनबढी मागसहित मनत्री भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष टंक धामी, महासचिव भिमबहादुर रानाभाट लगायतको समुहको टिमले ज्ञापन पत्र बुझाएको हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : २० बजे

बाँकेको सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

काठमाडौं । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूहरुको व्यवसायमा

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम ज्ञान कर्णाली हाफ म्याराथन

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय