२१ माघ २०८२, बुधबार | February 4, 2026

नहरको पानी खेतमा लैजान सिक्टाले ल्यायो लिफ्टिङ सिँचाइ योजना



नेपालगन्ज । नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र वडा नं ९ को ढकेरीक्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिए ।

“सिक्टा सिँचाइ आयोजनाको नहरबाट सिँचाइ हुन नसकेका क्षेत्रमा किसानलाई लिफ्टिङ प्रविधिबाट नहरको पानी तानेर सिँचाइको सुविधा पु¥याउने काम सुरु भएको छ”, इञ्जिनियर पौडेलले भने, “लिफ्टिङ सिँचाइका लागि ढकेरी र बालापुरमा ठेक्का सम्झौता भई काम सुरु हुने चरणमा छ, कचनापुरको पूर्वी र पश्चिमी भागमा ठेक्का हुने क्रममा रहेको छ ।”

लिफ्टिङ सिँचाइ योजनाको कार्य गर्न सौर्य तथा विद्युत उर्जाबाट सिँचाइ प्रणाली जडानमा सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन भएको छ । उक्त बजेटबाट लिफ्टिङ सिँचाइ योजनाको काम सुरु भएको आयोजनाका सूचना अधिकारी पौडेलले बताए ।

आफ्नै खेतबारीबाट सिक्टाको पश्चिमी मूल नहर सञ्चालन भए पनि राप्ती सोनारीको वडा नं २, ८ र ९ का खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नहरको सतह गहिराई भएका कारण जमिनमा सिँचाइ हुन नसकेको राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारुले बताए ।

“सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना ल्याएपछि किसानमा खुसियाली छाएको छ”, वडाध्यक्ष थारुले भने, “अब नहरमा बगेको पानी टुलुटुलु हेर्नुपर्ने अवस्थाको अब अन्त्य हुनेछ, किसानको खेतबारीमा सिक्टाको पानीले सिँचाइ हुने आशा जागेको छ ।”

राप्ती सोनारीको ढकेरी क्षेत्रमा १० थान लिफ्टिङ सिँचाइको योजना माग गरेकामा नमूनाको रुपमा एउटा योजना सञ्चालन हुन लागेको वडाध्यक्ष थारुले बताए । योजना कार्यान्वयनका लागि राप्ती सोनारी–९ मा ढकेरी लिफ्ट जल उपभोक्ता संस्था स्थापना भएको छ । लिफ्टिङ सिँचाइको योजना सञ्चालन हुने भएपछि स्थानीयवासीसमेत उत्साहका साथ लागि परेको ढकेरी लिफ्ट जल उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।

किसानलाई सहजरुपमा सिँचाइको सुविधा पु¥याउन विभिन्न योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए । चालु आवमा लिफ्टिङ सिँचाइसँगै पूर्वी मूल नहरको बाँकी कार्य गर्ने ठेक्का व्यवस्थापनको तयारी, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखा नहरको निर्माण कार्यको काम गरिने निर्देशक निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ११ : १३ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक