७ भदौ २०८३, आइतबार | August 23, 2026

सिमल्टारमा ३९ जना भए बाँसुरी बाजामा प्रशिक्षित



भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी बाजा खल: का ३९ जना बाँसुरी बाजामा प्रशिक्षित भएका छन् ।

बाँसुरी बाजा खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीय ३९ जनालाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको छ । बाँसुरी बाजा खलःले भाद्र महिना देखि स्थानीय ११ वर्ष देखि ५३ वर्ष सम्मका सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेको थियो । कला संस्कृति र परम्परालाई आधुनिकीकरण गरी निरन्तरता दिँदै लैजाने उद्देश्यका साथ उक्त प्रशिक्षण गरेको सिमल्टार बाँसुरी बाजा खलःले जनाएको छ । आगामी दिनमा पनि उक्त खलःले युवाहरूलाई प्रशिक्षण दिँदै लैजाने खलःका सदस्य मोतीराम खाताखोले जानकारी दिए ।

बाँसुरी बाजा तथा हार्मोनियम बाजामा प्रशिक्षितहरूलाई एक कार्यक्रमका बिच सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा , सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउत लगायतका महानुभावले बाजाका प्रशिक्षितहरूलाई प्रमाणपत्र वितरण गर्दै दीक्षित गरेका थिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो कला संस्कृति भुलेमा हाम्रो अस्तित्व नै मेटिने भन्दै कला संस्कृतिको विकास तथा विस्तार एवं जगेर्ना गर्न नगरपालिका जस्तो सुकै कदम चाल्न पनि तयार भएको बताए ।

यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउतले अव को वडाको लक्ष्य भनेको कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण एवं सर्वधन गर्ने लक्ष्य रहेको हुँदा आर्थिक हिसाबले गर्नुपर्ने प्रतिबद्धता जनाए।

प्रशिक्षितहरूलाई शुभकामना दिँदै प्रशिक्षक धर्म मुनिकारले यो आफ्नो १२० औँ स्थानको प्रशिक्षण भएको जानकारी दिए । देश भर विभिन्न स्थानमा गएर आफूले बाँसुरी बाजाको प्रशिक्षण दिँदै आएको उनले बताए । २०५७ सालबाट बाँसुरी बाजा , पछिमा खिं धिमे, बय खिं, कोचाखिंको प्रशिक्षण दिँदै आएको उनले जानकारी दिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र तथा प्रशिक्षक धर्म मुनिकारलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : ३३ बजे

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

काठमाडौं । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय

सीमा सुरक्षा सुदृढ गर्न नेपाल-भारतबीच विशेष सूचना आदानप्रदान टोली गठन गर्ने सहमति

जनकपुरधाम । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : उपमहासचिव बाहेक चिरन्जिवी ओली प्यानल सहित विजयी

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट चिरन्जिवी