५ भदौ २०८३, शुक्रबार | August 21, 2026

बहुलता र बहु पहिचान भएको नेपाललाई एकल चिन्तन र सोँचबाट संबिधान बनाईयो र शासन चलाईयो : राजेन्द्र महतो



नेपालगन्ज । मधेसबादी दलबाट अलग्गिएर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान थालेका नेता राजेन्द्र महतोले कुर्सी जोगाउन नेपालका शासकहरू बाहिरी मुलुकको गुलामीमा लिप्त हुने गरेको टिप्पणी गरेका छन् । झापादेखि कञ्चनपुरसम्सको कार्यक्रमका क्रममा नेपालगन्ज पुगेका नेता महतोले कुर्सी जोगाउनका लागि शासकहरु कहिले बेइजिङ र कहिले दिल्ली पुग्ने गरेको आरोप लगाए ।

प्रचण्ड नेतृत्वको सरकारलाई २४ सै घण्टा कुर्सीको सुरक्षाको चिन्ता रहने गरेको बताउँदै उनले सरकार देशको विकास भन्दा कुर्सी जोगाउने ध्याउन्नमा लागि रहेको बताए । उनले नेपालको अहिले अवस्था भन्दा तल जाने ठाँउ नभएको बताउँदै अव पनि तल गए देश नै नरहने चेतावनी दिए । देशलाई तल झार्नमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार रहेको उनको भनाई छ ।

उनले नेपाल एकल राष्ट्रिय राज्य नभएको जिकिर गर्दै बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित आफुले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान थालेको जानकारी दिए । ‘बहुलता र बहु पहिचान भएको नेपाललाई एकल चिन्तन र सोँचबाट संबिधान बनाईयो र शासन चलाईयो ।’ उनले भने ।

सबै राष्ट्रियता मिलेर नै नेपाल बनेको बताउँदै नेता महोतोले भने – ‘शासन एउटाको हुन्छ ? एकल राष्ट्रिय राज्यबाट देश चल्छ ? त्यही भएर त देश बिगारेको हो ।’

उनले बहुलराष्ट्रिय राज्य स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्तिको अभियान थालेका बताए । आफुले देश चलाउने र संविधान बनाउने काममा अवसर नपाएको उनको गुनासो छ । उनले देशमा स्वदेशवाद लागू नहुँदासम्म समृद्धिको आकांक्षा पूरा नहुने ठोकुवा गरे ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ४ : ५८ बजे

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा

कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्का सर्वोच्चमा, अन्तरिम आदेश माग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न