१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

कोरोना महामारीको महाआतंक : भारतका गृहमन्त्री शाहपछि कर्नाटकाका मुख्यमन्त्री र तमिलनाडुका राज्यपाल संक्रमित



आइतबार भारतीय जनता पार्टीका लागि कालो दिन बन्यो । यसको सुरुवात बिहान साढे ९ बजेबाट भयो ।

उत्तर प्रदेशका क्याविनेट मन्त्री कमल रानी वरुणको कोरोना संक्रमणका कारण मृत्यु भयो ।

कोरोनाको संक्रमण आएपछि उनलाई १८ जुलाईमा एसजीपीजीआई मा भर्ना गरिएका थियो । तर, आइतबार बिहान साढे ९ बजे कमल रानीको मृत्यु भयो ।

साँझा पौने ५ बजे गृहमन्त्री अमित शाहले ट्वीटमार्फत कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

अमित शाहलाई कोरोना पोजेटिभ भएको खबर सामाजिक सञ्जालमा आगोजस्तै फैलियो । अन्तराष्ट्रिय संचारमाध्यममा पनि यो खबरले प्रमुखता पायो ।

यसको १ घण्टाा पछि उत्तर प्रदेशका बीजेपी प्रमुख स्वतन्त्र देव सिंहले पनि ट्वीट मार्फत आफुलाई कोरोना लागेको जानकारी गराए । उनी पछि मुख्यमन्त्री योगी आदित्यनाथकै क्याविनेटमा जलशक्तिमन्त्री महेन्द्र सिंह पनि कोरोना संक्रमित भएको पुष्टि भयो ।

राति ११ बजे कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराए ।

येदियुरप्पाले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरे । उनी अहिले सेल्फ क्वारेन्टिमा रहेका छन् ।

तमिलनाडुका राज्यपाल बनवरीलाल पुरोहित पनि आइतबारै गरिएको परीक्षणमा कोरोना संक्रमित पाइए । पुरोहितलाई चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका अनुसार उनमा कोरोनाको लक्षण देखिएको छैन ।

गत महिना उत्तरप्रदेशका स्वास्थ्य मन्त्री जय प्रताप सिंह पनि कोरोना संक्रमित भएका थिए । यसबाहेक योगी क्याविनेटकै मन्त्री चेतन चौहान, राजेन्द्र प्रताप सिंह र धरम सिंह सैनी पनि कोरोनाबाट संक्रमित भएका थिए ।

भारता अहिलेसम्म १७ लाख भन्दा बढी व्यक्ति कोरोनास संक्रमित भैसकेका छन् । पछिल्लो दुई दिनमा १ लाख भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण फैलिएको छ ।

गतहप्ता मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान पनि कोरोना संक्रमित भएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ५५ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट