६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

आरोमा हस्पिटालिटीद्धारा दिक्षान्त समारोह



बुटवल । योगिकुटीमा रहेको आरोमा हस्पिटालिटीको आयोजनामा उक्त संस्थामा ६ महिनाको कोर्ष पूरा गरेका विद्यार्थीहरुलाई दिक्षित गरिएको छ । साझोदारी संस्थाको रुपमा रहेको आरक भेन्चर्स प्रालि नेपालले युकेमा रहेको सिटी एण्ड गिल्र्डसबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा लेभलको कुलीनरी आर्टस्को कक्षा सञ्चालन गर्दै आएको छ ।

दिक्षित भएका सबै जना विद्यार्थीहरु अहिले नेपालमा स्टार होटलमा जागिर समेत प्राप्त गरिसकेको अध्यक्ष रुपेश बस्यालले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुले प्राप्त गरेको प्रमाणपत्रको मान्यता नेपाल सहित विश्वका ८० भन्दा बढि देशमा हुने गरेको छ ।

डिप्लोमा लेभल टुको कोष पूरा गरेका विद्यार्थीहरुलाई मणिग्राममा एक कार्यक्रम आयोजना गरी प्रमाण पत्र वितरण गरिएको हो । कार्यक्रममा सिटी एण्ड गिल्ड्सका साउथ एशिया प्रतिनिधी जयन्त चौहानले विश्वको कुनै पनि स्थानमा यो कोर्ष पूरा गरेका विद्यार्थीहरुलाई १०० प्रतिशत रोजगारीको ग्यारेन्टी भएको बताएका थिए । उनले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आगामी यात्राको सफलताको कामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा आरके भेन्चर्सका सिईयो रिशेष केसी, आरोमा हस्पिटालिटीका डाईरेक्टर छवि पाण्डे, अभिभावक दुर्गा थापा, आवेश पौडेल, विकास गौतम लगायतले आ आफ्नो भनाई राखेका थिए ।

६ महिनाको कोर्ष पूरा गरेका विद्यार्थीहरुले नेपालका स्टार लेभलको होटलमा काम पाउने संभावना सत प्रतिशत नै रहेको हुन्छ । एउटा कोर्षको ३ लाख ५० हजार रुपैयाँ खर्च रहेको छ । जसमा विद्यार्थीहरुले कोर्ष पूरा गरेपछि ईन्टरसिपको समेत व्यवस्था हुने गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ४ : ५२ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस