२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

इन्डियन प्रिमियर लिग : कोलकाताको रोमाञ्चक जित, हैदरावाद ४ रनले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ ।

पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो । सुरुमा धर्मराएको टोलीलाई सम्हाल्दै कोलकाताका आन्द्रे रसेलले २५ बलमा ६४ रन बनाएका थिए । उनले ७ छक्का र ३ चौका प्रहार गरेका थिए । यस्तै फिलिप साल्ट ४० बलमा ३ चौका र ३ छक्कासहित ५० रनको योगदान दिए ।

जितको लागि २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिए पनि कोलकाताका हर्षित रानाले मात्रै ८ रन खर्चेर २ विकेट लिएका थिए । हैदराबादका ब्याटर हेनरिक क्लासेनले पहिलो बलमा छक्का हाने पनि त्यसपछि हर्षित रानाले पुनरागमन गरेका थिए ।

हैदराबादका हेनरिक क्लासेनले २९ बलमा ८ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनर मयंक अग्रवाल र अभिषेक शर्मा ३२र३२ रनमा आउट भए । त्यस्तै राहुल त्रिपाठी २०, एडेन माक्ररम १८, अब्दुल सामद १५ र शाहबज अहमद १६ रनमा आउट भए ।

कोलकाताका हर्षित रानाले ३, आन्द्रे रसेलले २, बरुणचक्रवर्ती र सुनिल नारायणले १र१ विकेट लिए । हैदराबादका टि नटराजनले ३, मयंक मारकण्डे २ र प्याट कमिन्सले १ विकेट लिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : ०५ बजे

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

फ्रान्स । स्वागत समारोहका लागि भव्य थ्रि-मास्ट जहाजमा आइपुगेको एक

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता