२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवलको तिनकुनेमा छुरा प्रहारबाट एकजना गम्भीर घाइते, २ जना पक्राउ



बुटवल । बुटवलको मिलनचोक तिनकुनेमा चक्कु प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् ।

स्थानीय युवाहरुबीच भएको झगडामा चक्कु प्रहारबाट बुटवल उपमहानगर ३ का सागर थापा गम्भीर घाइते भएका छन् । उनको दायाँ कोखामा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना लगत्तै थापालाई उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको छ । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का सुजन गलामी र युवराज पुन रहेका छन् ।

पक्राउ परेका दुईजनामाथि अनुसन्धान सुरु गरिएको र घटनाको कारण बारे उनीहरुको बयानपछि मात्र थाहा हुने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ९ : ४३ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न