१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

विदेशी पर्यटकलाई नेपालमा बस्ने वातावरण मिलाउन आग्रह



पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले कोभिड–१९ को बढ्दो जोखिमलाई ख्याल गरी नेपालमा रहेका विदेशी पर्यटकलाई थप केही समय बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गरेको छ ।

अध्यागमन विभागले २०७७ भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै भिसा अवधि सकिएका विदेशी पर्यटकलाई १५ दिनपछि नेपाल छोड्नुपर्ने नियम बनाएको सन्दर्भ जोडेर चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसमक्ष त्यस्तो अनुरोध गरेको हो ।

पोखरा चेम्बरका अध्यक्ष किसान सुनारले अध्यागमन विभागले १७ जुन २०२० मा प्रकाशित सूचनाअनुसार अन्तर्राष्ट्रिय उडान शुरुआत भएको १५ दिनभित्रको समयावधिमा सबै विदेशी पर्यटक फर्कन नसक्ने बताए । ‘लकडाउनका कारण नेपालमा एक हजार ५०० भन्दा बढी र पोखरामा लगभग ४४२ पर्यटक विविध कारणले बसिरहेका छन्, तत्काल भिसा समय थप गरी उनीहरुलाई बस्ने वातावरण मिलाउनुपर्छ’, सुनारले भने, ‘केही विदेशी पर्यटक आफ्नो मुलुकमा कोरोनाको प्रकोपको बढी रहेको र नेपालमै सुरक्षित महसुस गरी बसिरहेका छन्, यस्तो अवस्थामा मानवीय संवेदनालाई समेत ध्यान दिएर पर्यटक मैत्री वातावरण बनाउनुपर्छ, यो समयावधिमा सबै राष्ट्रमा सिधा उडान एकै पटक सम्भव नभएको सबै पर्यटक फर्कन सक्दैनन् ।’

मन्त्रालयसमक्ष प्रेषित अनुरोधपत्रमा नेपालमै रहेका विदेशी पर्यटक केही समय नेपालमै बस्दा कोरोना भाइरसका कारण जीर्ण भएको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत पुग्ने जिकिर गरिएको छ । कोरोना भाइरसका कारण नेपाल सरकारले २०७६ साल चैत ११ गतेदेखि मुलुकभर लगाएको बन्दाबन्दीका कारण सबै अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द रहेका छन् ।

नेपाल घुम्न आएका पर्यटक एकाएक भएको बन्दाबन्दीले घुम्न नपाएको र तत्काल फर्कंदा विमानस्थल, ट्रान्जिटमा कोरोनाको उच्च जोखिम रहेको भन्दै फर्कन चाहेका छैनन् । पोखरामा केही समय अगाडि विदेशी पर्यटकहरुले पत्रकार सम्मेलन गरेर नै तत्काल स्वदेश फर्कन नचाहेको बताएका थिए । रासस

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : ३६ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला