१३ असार २०८३, शनिबार | June 28, 2026

कर्णाली पठाइयो पाठ्यपुस्तक, खजुरामा प्रेस अलपत्र पारेर लाखौं रकम ढुवानीमा बगाउँदै जनक शिक्षा



नेपालगन्ज । नयाँ शैक्षिकसत्र सुरुहुनै लाग्दा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय नेपालगन्जले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा पाठ्यपुस्तक पठाउन थालेको छ । यसवर्षको पाठ्यपुस्तक वितरणको पहिलो चरणमा हुम्ला र डोल्पा जिल्लामा वितरणको कार्य सुरु गरिएको हो ।

केन्द्रले निर्धारण गरेको प्राथमिकता अनुसार हिमाली, पहाडी र तराईका जिल्लाहरुमा पाठ्यपुस्तक वितरण गर्ने नीति अनुसार पहिलो चरणमा हुम्ला र डोल्पा जिल्लामा वितरणको कार्य सुरु गरिएको प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले जानकारी दिए । हाल अधिकृत बिक्रेताहरु मार्फत प्याकिङ्को कार्य भई रहेको र अन्य बिक्रेताहरु आउने क्रम जारी रहेको बताउँदै ढुङ्गेलले अबको एक हप्ता भित्रै पाठ्यपुस्तक कार्णालीका जिल्लाहरुमा पुगिसक्ने दाबी गरे । उनका अनुसार केन्द्रको प्रदेशिक प्रेश नेपालगन्जले सबै पाठ्यपुस्तकहरु सेटमा नै रहेकोले विद्यार्थीले विद्यालय खुलेको सुरु दिनमा नै सम्पूर्ण पाठ्यपुस्तक पाउने गरी तालिका बनाएर वितरण गर्ने योजना बनाएको छ । हाल हिमाली जिल्लाहरुलाई प्राथमिकातामा राखेर वितरणको कार्ययोजना बनाएको र क्रमशः पहाडी र तराईका जिल्लाहरुमा वितरण गर्दै लगिने उनले बताए।

बिगतका वर्षहरुमा शैक्षिकसत्र सकिन लाग्दासम्म पनि पाठ्यपुस्तक नपुग्ने गरेको गुनासो आउने गरेपनि गत शैक्षिकसत्र देखि भने समयमै पुस्तक जिल्लाहरुमा पुर्याइएको थियो । गुनासोको अन्त्यहुने गरि समयमानै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन पाउँदा खुसी लागेको प्रमुख ढुङ्गेलले बताए ।

प्रादेशिक प्रेस नेपालगन्जबाट कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम, जारजरकोट, सल्यान सहित ५ जिल्ला र लुम्बिनीका रुकुम पूर्व, रोल्पा, दाङ, बाँके र बर्दिया सहित ५ जिल्ला गरी १० जिल्लामा पाठ्यपुस्तक वितरण हुँदै आएको छ । यसवर्ष हुम्ला जिल्लामा बहत्तर हजार थान, डोल्पामा एक लाख आठ हजार थान, रुकुम पूर्वमा एक लाख चवालिस हजार थान, रुकुम पश्चिममा एक लाख असी हजार थान, दाङमा दुई लाख अठासी हजार थान, बर्दियामा दुइ लाख बाउन्न हजार थान र बाँकेमा दुइ लाख बाउन्न हाजर थान गरी जम्मा सत्र लाख बयासी हजार थान विक्रि गर्ने लक्ष्य रहेको नेपालगन्ज प्रमुख ढुङ्गेलले बताए ।

नेपालगन्जलाई मुकाम बनाएर बाँकेको खजुरामा पुस्तक छाप्नेगरि २०६२ सालमा प्रेस स्थापना गरिएपनि खजुरामा बनेको संरचनामा काठमाडोंमा थोत्रिएको २ कलरको प्रेस थन्क्याएर काठमाडौबाट नै छपाई हुँदै आएको छ । प्रेस स्थापनामा करोडौं खर्च गरेरपनि संचालन नगर्दा जनक शिक्षाको लाखौं रकम ढुवानीमा खर्च हुँदै आएको छ । नेपालगन्ज, धनगढी र महेन्द्रनगर भन्सारबाट कागज छुटाएर काठमाडौंमा छाप्ने र पुनः नेपालगन्ज र सुदूरपश्चिममा पुस्तक पठाउँदा मात्र जनक शिक्षाको लाखौं रुपैया ढुवानीमा खर्च हुने गरेको छ ।

जनक शिक्षाले कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक आफ्नै छापाखानामा छापेपनि कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक भने निजी क्षेत्रको छापाखानामा छाप्दै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ५ : १९ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट