३ पुस २०८२, बिहिबार | December 18, 2025

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ



छोनछिन (चीन) । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताएका छन् ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उनले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग आज भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए । उनले भने, “चीन नेपालमा वैदेशिक लगानी गर्ने पहिलो र वैदेशिक व्यापारमा दोश्रो ठुलो मुलुक हो, आर्थिक सहयोग, लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन तथा व्यापारलाई साथसाथै अघि बढाउनुपर्छ ।” आगामी महिना नेपालमा लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले चिनियाँ लगानीकर्तालाई लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरे । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीन लामो समयदेखि असल सम्बन्ध भएका मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध पञ्चशिलको सिद्धान्तमा आधारित रहेको बताए ।

उनले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेको समेत उल्लेख गरे । द्विपक्षीय सम्बन्धलाई उचाइमा लैजान तथा सहयोगात्मक सम्बन्धलाई अघि बढाउन उच्चस्तरको भ्रमणले इटा थपेको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले बेल्ट एण्ड रोड इनिसाइटिभ (बिआरआइ) कार्यान्वयन कार्ययोजनामा हस्ताक्षर गर्ने अन्तिम चरणमा रहेको उल्लेख गर्दै मानवता, भ्रातृत्व र विकास साझेदारीको पहलकदमीका रूपमा बिआरआइलाई लिएको बताए ।

एक चीन सिद्धान्तप्रति नेपालको अटल प्रतिबद्धता रहेको उल्लेख गर्दै उनले तिब्बत र ताइवान चीनको अभिन्न अङ्ग भएको बताए । नेपाल र नेपाली भूमि भएर चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपालले जहिले पनि चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए ।

भेटवार्तामा छोनछिन पार्टी सचिव युयानले छोनछिन–काठमाडौँ सातामा दुई हवाई उडान हुने गरेको उल्लेख गर्दै छोनछिन र नेपालबीच सम्पर्क सञ्जाल अभिवृद्धि गर्न तयार रहेको बताए । उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने विश्वास दिलाए ।

गुणस्तरीय आर्थिक विकासमार्फत सामाजिक विकासका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै विकासका लागि साझेदार गर्न छोनछिन इच्छुक रहेको बताए । पार्टी सचिव युयानले कृषि, शिक्षा, प्रविधि, पूर्वाधारलगायत क्षेत्रमा सहकार्य गर्न सकिने बताए । छोनछिनमा १७ नेपाली विद्यार्थी अध्यान गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा थप छात्रवृत्ति उपलब्ध गराइने उल्लेख गरे ।

नेपालमा चिनियाँ नागरिकलाई भ्रमण गर्न प्रोत्साहित गर्ने उल्लेख गर्दै उनले छोनछिन सहर र नेपालको भरतपुर महानगरसँग भगिनी सम्बन्ध राख्न चाहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि छोनछिन सहरको भ्रमण गरेको स्मरण गर्दै उनले उच्चस्तरमा हुने भ्रमणले दुई मुलुकबीचको सम्बन्ध प्रगाढ हुने बताए ।

छोनछिन स्टेट गेस्ट हाउसमा भएको उक्त भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उनीहरूबीच चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीचको सम्बन्धलाई प्रगाढ बनाउने बारेमा छलफल भएको थियो । छोनछिन चीनको पश्चिम भागमा पर्छ । छोनछिन चीनकै धेरै जनसङ्ख्या भएको ठूलो सहर हो । यहाँको जनसङ्ख्या तीन करोडभन्दा बढी छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ४९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका