२१ भदौ २०८३, आइतबार | September 6, 2026

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न



काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत फाल्गुण ३० गतेबाट सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा २९ जना शिक्षार्थी सहभागी गराई सञ्‍चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ ।

तालिमको समारोहमा बोल्दै रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सुरक्षा बहुआयामिक, अन्तर सम्बन्धित र बहुनिकायसँग सरोकार राख्ने विषय भएकोले सुदृढ राष्ट्रिय सुरक्षाको लागि राज्यका सम्बन्धित निकायहरूबीच सुरक्षासम्बन्धी साझा बुझाई र साझा धारणाको विकास गर्न निरन्तर संवाद, समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए । उनले राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय शक्तिको मुख्य तत्त्वहरू अर्थतन्त्र, कूटनीति, सूचना र सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समुचित रुपमा राष्ट्रिय हितमा प्रयोग गरी विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीहरूको डटेर सामना गर्नुपर्ने बताए ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको समापन समारोहमा सहभागी शिक्षार्थीहरूलाई बधाई दिँदै प्रधानसेनापति प्रभुराम शर्माले भूमण्डलीकरण र सूचना प्रविधिको विकाससँगै आएको परिवर्तनले राष्ट्रिय सुरक्षाको दायरा थप फराकिलो बन्दै गएको र परम्परागत सुरक्षा खतराहरूको साथै, जलवायु परिवर्तन, महामारी, साइवर थ्रेट, आतंकवादका परिष्कृत प्रवृत्ति जस्ता नयाँ प्रकृतिका अपरम्परागत चुनौतीहरू समेत क्रमिक रूपमा थपिँदै गएको बताए ।

तालिमको क्रममा जलवायु परिवर्तनले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावका बारेमा सम्बन्धित विषयका विज्ञहरू र सञ्चारकर्मीहरू सहित १०० जनाको सहभागितामा एक दिवसीय सेमिनार समेत संचालन भएको थियो ।

२०७२ सालबाट शुरु भएको यस तालिमबाट विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्थाहरु, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट हालसम्म २२२ जना प्रशिक्षित भई सकेका छन् ।

समारोहमा विभिन्न मन्त्रालयका सचिवहरु, बलाधिकृत रथी, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द तथा अधिकृत, सरकारी निकायका पदाधिकारीहरु र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ४ : ३९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त