१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री लामिछाने



इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताएका छन् ।

आज इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभालाई उनले भने, “रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा छ, तर हामी काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएका हौँ, केही सङ्केत देखाइसकेका छौँ ।”

उनले रास्वपा सरकारमा सहभागी भइसेकपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधार सुरु भइसकेको दाबी गरे । उनले विभिन्न समयमा भएका सबै भ्रष्टाचारका फाइलहरु क्रमशः खोलिँदै लैजाने बताउँदै भ्रष्टाचारीहरू कसैलाई पनि उम्कन नदिने बताए ।

“हामी सरकारमा आएको धेरै भएको छैन, तर हाम्रो सुरुआती कामबाटै केही न केही सङ्केत त पाइसक्नुभएको छ”, लामिछानेले भने, “अब क्रमशः सबै भ्रष्टाचारका फाइल खोल्छौँ, त्यसपछि हाम्रो काम देख्नुहुन्छ, तर अलिकति समय पर्खनुहोस् ।”

उनले आफ्नो पार्टीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा समेत संसद्बाट जनताकै पक्षमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै इलामबाट एक जना सांसद थपेर पठाइदिन जिल्लावासीलाई आग्रह गरे । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सो पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्यद्वय डा स्वर्णिम वाग्ले, डा तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, रमेश प्रसाईँले सम्बोधन गरेका थिए ।

मिलन लिम्बू उम्मेदवार
रास्वपाले इलाम–२ मा हुने लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेको छ । पार्टी सभापति लामिछानेले घण्टी बजाए उम्मेदवार घोषणा गरे । उम्मेदवार घोषणापछि लामिछानेले उम्मेदवार लिम्बूलाई घण्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए ।

पत्रकारिता छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लिम्बूलाई रास्वपाले पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको हो । इलाम-२ मा वैशाख १५ गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : ०५ बजे

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय

खड्का समूहको बैठक आज, कांग्रेसभित्रको आन्तरिक रणनीतिमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको

बाख्रापालनबाट स्वरोजगार

म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई