३ आश्विन २०८३, शनिबार | September 20, 2026

बैशाख ८ गते ‘काठमाडौं पिंक केयरएथन’ आयोजना



काठमाडौं । बैशाख ८ गते महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती सङ्घसँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो ।

काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ । यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दुरी तय गरिएको छ । जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।

आयोजकले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यसपटक पच्चिस सयदेखि तिन हजार महिलाहरू सहभागी हुने अपेक्षा गरिएको छ । महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरूलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन् ।

काठमाडौं पिंक केयरएथनको यस संस्करणमा भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले संचालन गर्नेछन् । सहभागी हुन चाहने महिलाहरूले इसेवाबाट नाम दर्ता गर्न सक्नेछन् । पिंक केयरएथनको फेसबुक र इन्स्टाग्रामको पेजमा दिएको जानकारी अनुसार तोकिएका स्थानमा गएर भौतिक रुपमा पनि नाम दर्ता गर्न सकिनेछ ।

यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको हो । लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र अन्य सामाजिक आर्थिक कारणले रोकिएको इभेन्ट यो वर्ष भव्यरुपले पुनरागमन हुने आयोजक संस्थाको दाबी छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १२ : १३ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब