४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

गुजरातमाथि नेपाल ८ विकेटले विजयी



काठमाडौं । नेपालले फ्रेन्डसिप कपमा विजयी शुरुवात गरेको छ । कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको ९९ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि अनिल शाहले ३२, कप्तान रोहित पौडेलले ३३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरात १८.२ ओभरमा अल आउट हुदै ९८ रन बनाएको थियो ।

गुजरातका लागि रुद्र पटेलले सर्बाधिक २३ रन बनाए भने हेमंग पटेलले २०, सरल प्रजापतिले १७ रन र अभिषेक देसाईले ११ रन बनाए  ।

त्यसै गरि नेपाली बलर गुलशन झाले सर्बाधिक ४ विकेट लिए भने करण केसीले ३ तथा सोमपाल कामीले एक विकेट लिएका थिए  ।

अब नेपालले अर्को खेल अप्रिल २ मा बरोडासँग खेल्ने छ भने अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ०७ बजे

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि बिहीबार स्थगित