२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

राजश्व अनुसन्धान बुटवलका प्रमुख २ लाख घुस लिँदै गर्दा पक्राउ, घुस दिने ब्यापारी पनि पक्राउ



बुटवल । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राहीसँग घुस लिंदालिंदै अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस दिने स्थानीय उद्योगी पनि राना सहित पक्राउमा परेका छन् । रुपन्देहीका गुटखा उद्योगी तथा चिनी ब्यवसायी अनिल कुमार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई घुस दिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

बेलवास स्थित राजश्व अनुसन्धान कार्यालयमा गुटखा ब्यापारीसँग मासिक घुस रकम बापत २ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलिले पक्राउ गरेको अख्तियार बुटवलका प्रमुख डाक्टर भिष्मकुमार भूषालले बताए ।

मासिकरुपमा सुर्ति,तथा गुट्खा ब्यापारीसँग रकम बुझ्दै आएका रानाले आज सेवाग्राही ब्यापारीलाई रकम बुझाउन कार्यालयमा बोलाएको र बिशेष सुचनाका आधारमा अख्तिायारको टोलिले घुस रकम लिने दिने गरिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  २ : २८ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब