३ पुस २०८२, बिहिबार | December 19, 2025

महामारीका बेला तीन चार सयको भेला गर्न पार्टीभित्रैबाट दबाब आएको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको संकट बढिरहेका बेलामा आफ्नै पार्टीका नेताहरु गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै असन्टुष्टि जनाएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जनस्वास्थ्यविज्ञहरु र विपक्षी दलका नेतासहितको सर्वपक्षीय छलफलमा आफ्नै पार्टीका नेताहरुले कोरोना जोखिमलाई कम आँकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

जोखिम फैलिन सक्ने भन्दै सरकारले २५ जना भन्दा बढी भेला नहुन गरेको आग्रह गरिरहेका बेला केन्द्रीय कमिटीको बैठक बोलाएर सयौं जना भेला हुन खोजेको प्रधानमन्त्रीले जिकिर गरे ।

भेलामा ओलीले भने, ‘सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ। तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन्, कहाँ बस्ने होरु के गर्ने होरु त्यस्तो सोच केही पनि छैन। तर, बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ। स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन।’

‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोजी प्राकृतिक प्रकोप भएका ठाउँमा सरकार खोज्न भनेका छन् । उनले भने, ‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरु सडकमा गएका छन्, संक्रमित मान्छेहरुसँग उनीहरु डिल गर्नुपरेको छ। अनेक कामहरुमा उनीहरु छन्। त्यस्ता कामहरुबाट उनीहरु संक्रमितहरु भइराखेका छन्’, उनले भने, ड्युटीको क्रममा संक्रमित भइरखेका छन्। रेस्क्यु गर्न जाँदा संक्रमित भएर आएका छन्।’

प्रधानमन्त्री ओलीले संकटको बेलामा संचारमाध्यमहरुबाट सरकारका कामप्रति भैरहेको आलोचनाप्रति फेरि कटाक्ष गरेका छन् । ओलीले संकटको बेलामा केही सञ्चारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोध गर्नुपर्ने मानसिकतामा रहेको बताए ।

कोरोना रोक्ने चुनौती
प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको दरलाई रोक्दै शून्यमा पुर्‍याउनुपर्ने चुनौती भएको बताउँदै त्यसमा सबैको सहयोगको अपेक्षा गरे ।

खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी भन्दै उनले नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताए ।

संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने बताए।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ३ : १५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको