७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु : उद्योगमन्त्री भण्डारी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् ।

ढुवानी व्यवसायी महासङ्घ नेपालको मागपत्र बुझ्दै उनले ढुवानी व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । उनले ढुवानी व्यवसायी महासङ्घका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गरे ।

मन्त्री भण्डारीले ढुवानी व्यवसायीले बजारमा एकाधिकार जमाएर अरु व्यवसायीलाई आउन नदिएको गुनासो आएको उल्लेख गर्दै ढुवानीमा रहेको एकाधिकार हटाएर सहज वातावरण निर्माण गर्न आग्रह गरे ।

त्यसअवसरमा व्यवसायीहरुले आर्थिक वर्ष २०७६÷७७ मा आफूहरुले मूल्य अभिवृद्धि कर नलिए पनि सरकारले तिर्नुपर्ने देखाएको भन्दै मिनाहाका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको महासङ्घका अध्यक्ष माधव नेपालले बताए ।

चालु आवमा सरकारले सो १३ प्रतिशत मूल्य अभिवृद्धि करलाई ‘स्किम’ का रुपमा पाँच प्रतिशत तिर्न भने पनि आफूहरुले सो अनुसारले कारोबार नगरेकाले मिनाहाका लागि सरकार समक्ष माग गरेको उनले बताए ।

ढुवानीमा सरकारले मूल्य अभिवृद्धि कर लगाउने निर्णयले समग्र ढुवानी व्यवसायी प्रत्यक्ष मारमा परेको अवस्था रहेको भन्दै ढुवानी व्यवसायी महासङ्घले त्यसको खारेजीको माग गरेको छ । सो करले समग्र व्यापार व्यवसाय तथा आम उपभोक्तामा महङ्गी सिर्जना गरेको महासङ्घको भनाइ छ ।

महासङ्घले देशका ठूला सहरमा ढुवानी ग्राम बनाउन पनि माग गरेको छ । नमूनाका रुपमा बुटबलमा सरकार र ढुवानी व्यवसायीको लगानीमा रु ३० करोड लागतमा ढुवानी ग्राम निर्माणधीन रहेको अध्यक्ष नेपालले बताए । यस्तै उनले मन्त्री भण्डारी समक्ष सबै ढुवानी व्यवसायीलाई एकै बनाइएकामा यसले साना व्यवसायीलाई मर्का परेको भन्दै महासङ्घले ढुवानी व्यवसायीको वर्गीकरणको माग गरे ।

साथै महासङ्घका महासचिव पुष्पराज श्रेष्ठद्वारा हस्ताक्षरित मागपत्रमा करयोग्य आय गणना गर्दा खर्च कटौती पाउने व्यवस्था मिलाउन आग्रह गर्दै ढुवानी क्षेत्रका समस्यालाई दीर्घकालीन रुपमा समाधान गरिदिन माग गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ११ : ३९ बजे

रविलाई संसद्को अवहेलनामा कारवाही गर्न धनराजले दिए सभामुखलाई निवेदन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको

सुर्खेत बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते

सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना हुँदा दुई

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम