३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

उत्तर कोरियाद्वारा मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार



सियोल । उत्तर कोरियाले मङ्गलबार मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले केही घन्टा पछि आणविक क्षमताको बी-५२ एच बमवर्षकहरू समावेश गरेको संयुक्त हवाई अभ्यास गरेको छ ।

प्योङयाङको पछिल्लो प्रक्षेपण उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ मध्य दूरीको हाइपरसोनिक मिसाइल (आईआरबीएम) को लागि ठोस-ईन्धन इन्जिन परीक्षणको निरीक्षण गरेको दुई हप्ता भित्रै भएको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार मङ्गलबार बिहान प्रक्षेपण गरिएको मिसाइल दक्षिण कोरिया र जापानको बीचको पानीमा खस्नु अघि लगभग छ सय किलोमिटर उडेको जनाएको छ ।

संयुक्त सेना प्रमुखहरूले सेनाले प्रक्षेपणको विश्लेषण गरिरहेको बताएका छन् । गत महिना इन्जिन परीक्षेणमा प्रयोग गरिएकोे ‘हाइपरसोनिक वारहेड’ समावेश गरेको हुनसक्ने एक रक्षा अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

उत्तर कोरियाले लामो समयदेखि उन्नत हाइपरसोनिक र ठोस ईन्धन प्रविधिमा सफलता हासिल गर्न खोजिरहेको छ । यी मिसाइलहरूलाई दक्षिण कोरियाली-अमेरिकी मिसाइल रक्षा प्रणालीलाई टक्कर दिई अमेरिकाको क्षेत्रीय सैन्य आधारलाई धम्की दिन सक्षम बनाउने प्रयास गरिएको छ ।

जनवरीमा, प्योङयाङले हाइपरसोनिक वारहेडको साथ ठोस-ईन्धन ‘आईआरबीएम’ प्रक्षेपण गरेको बताएको थियो । त्यसपछि गत महिना ‘नयाँ प्रकारको मध्यवर्ती दूरीको हाइपरसोनिक मिसाइल’ को सफल इन्जिन परीक्षण गरेको थियो ।

हाइपरसोनिक मिसाइलहरू छिटो र मध्य उडानमा सञ्चालन गर्न सकिन्छ । तिनीहरूलाई नियन्त्रण गर्न र रोक्न गाह्रो हुने भएकाले ठोस-ईन्धन मिसाइलहरू प्रक्षेपण गर्नु अघि ईन्धन आवश्यक पर्दैन । प्रयोग गर्न छरितो रहेका मानिने ती मिसाइलहरूलाई फेला पार्न र नष्ट गर्न गाह्रो हुन्छ ।

सियोलको रक्षा मन्त्रालयले मङ्गलबार वासिङ्टन र टोकियोसँग संयुक्त हवाई अभ्यास गरेको छ । जसमा कोरियाली प्रायद्वीप नजिकै आणविक क्षमता बी-५२ एच बमवर्षक र एफ-१५ के लडाकू जेटहरू सामेल छन् । यो अभ्यासको उद्देश्य ‘उत्तरको आणविक र क्षेप्यास्त्र खतराहरू विरुद्ध संयुक्त तयारी सुधार गर्नु रहेको’ स्रोतले जनाएको छ ।

कोरिया एसोसिएसन अफ डिफेन्स इन्डस्ट्री स्टडीजका हान क्वोन-हीले भने, “मङ्गलबारको प्रक्षेपण ‘प्योङयाङको मिसाइल विकासको नवीन हिस्सा र यसमा हाइपरसोनिक हतियारहरू समावेश भएको जस्तो देखिन्छ ।

हतियारको संवेदनशील प्रकृतिलाई ध्यानमा राख्दै किमले रूसी सहयोगमा नभई घरेलु रूपमा यस्तो प्रविधि विकास गरिरहेको उनले बताए ।

मस्को र प्योङयाङबिचको कथित हतियार हस्तान्तरणको अनुसन्धानको बिचमा संयुक्त राष्ट्रसङ्घमा रूसी भिटोले उत्तर कोरियाली प्रतिबन्ध उङ्घलनको संयुक्त राष्ट्रसङ्घीय विशेषज्ञको अनुगमन समाप्त गरेको केही दिनपछि यो प्रक्षेपण भएको हो । उत्तर कोरियाले यस घटनाक्रमबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

दक्षिण कोरियाको आम चुनावमा मतदान गर्नुभन्दा एक हप्ता अघि प्रक्षेपण भएको छ । जसमा प्योङयाङसँग कडा लाइन लिएका राष्ट्रपति युन सुक योलको पार्टीले संसद्मा आफ्नो पकडलाई पुनः बलियो बनाउन खोजिरहेको छ ।

“किम शासनले सैन्य क्षमतालाई अगाडि बढाउने र दक्षिण कोरियाली विधायिकी निर्वाचन अभियानको समयमा आफ्नो क्षमता देखाउने कुरालाई प्राथमिकता दिन्छ,” सियोलको इवा विश्वविद्यालयका प्राध्यापक लेइफ-एरिक इस्लीले बताए ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : १७ बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्