६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’लाई दियो १७५ रनको मध्यम लक्ष्य



काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एकदिवसीय क्रिकेटमा आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’लाई १७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले ३८ ओभरमा १७४ रन बनाएको हो ।

नेपालले आयरल्यान्ड वोल्भ्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

आयरल्याण्ड वोल्भ्सलाई सस्तैमा समेट्न रिजन ढकाल र साहब आलमले ३-३ विकेट लिए भने २ विकेट मौसम ढकालको नाममा रह्यो । कमलसिंह ऐरी १ विकेट लिन सफल भए ।

पहिलो खेलमा नेपाल आयरल्याण्ड वोल्भ्ससँग २१ रनले पराजित भएको थियो । नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

नेपालले आजको खेलमा ब्याटर अर्जुन कुमाललाई प्लेइङ ११ मा स्थान दिएको छैन । उनको स्थानमा नरेन भट्टलाई मौका दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ४४ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र