१० भदौ २०८३, बुधबार | August 26, 2026

बाँकेमा कैदीबन्दी र कारगारका प्रहरीमा कोरोना संक्रमण, ३ दिनको निषेधाज्ञा शनिबार सम्म बढाईयो



नेपालगन्ज । अदालतको आदेश बमोजिम बाँकेमा रहेका कैदीबन्दी र तीनका सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको कारोना परीक्षण गरिएकोमा कारागारमा कार्यरत ५ प्रहरी जवान र ७ कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पताल प्रयागशालाबाट आएको रिपोर्ट अनुसार वडा प्रहरी कार्यालयमा कार्यरत १ जना प्रहरी जवान सहित बाँकेमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

अदालतबाट कारागार, बाल सुधार गृह जस्ता संबेदनशील स्थानमा पीसीआर परीक्षण गर्न आदेश आए अनुसार जिल्ला स्वास्थ्य कार्यालय बाँकेले गत साउन १८ गते नेपालगन्ज कारागारबाट उनिहरुको स्वाव संकलन गरेको थियो ।

स्वाव संकलन गरी भेरीमा परिक्षण गरीएकोमा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । संक्रमित ६ जना प्रहरीमध्ये २ जना महिला र एक जना वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी जवान रहेका छन । संक्रमित प्रहरी र कैदीलाई कृषि तालिम केन्द्र खजुराको आईसोलेशनमा राख्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिए ।

यसैबिच बाँकेमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा लगातार बढ्दै जान थालेपछि गत आइतबारदेखि ३ दिनका लागि जारी गरिएको निषेधाज्ञाको समय पनि बढाएर शनिबार रातीसम्म पुर्‍याइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसीएमसी) को बैठकले आइतबारदेखि जारी निषेधाज्ञा शनिबार राती १२ बजे सम्मकालागि थप्ने निर्णय गरेको बताए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : ३४ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक