१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

विवादमा परेका बाँकेका प्रहरी उपरीक्षक बोहरा सहित १६ एसपीहरुको सरुवा



नेपालगन्ज । शान्ति सुरक्षा कमजोर भएको भन्दै चर्को आलोचना खेपिरहेका बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहित १६ जना प्रहरी उपरीक्षकहरुको सरुवा तथा पदस्थापन गरिएको छ । पछिल्लो समय बिबादमा तानिएका बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोरा सहित १६ जना एपीको प्रहरी प्रधान कार्यालयबाट सरुवा गरिएकोे हो ।

प्रहरी प्रधान कार्यालयले बोहोराको स्थानमा नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल काठमाडौमा कार्यरत प्रहरी उपरीक्षक तुल बहादुर कार्कीलाई बाँकेमा सरुवा गरेको छ । प्रहरी उपरीक्षक बोहोरालाई मधेस प्रदेश प्रहरी कर्यालयमा सरुवा गरिएको छ ।

बाँकेमा पछिल्ला केही दिनमा लुटपाट, हत्या जस्ता जगन्य अपराधका घटनाहरु लगातार भएपनि प्रहरीले अपराधीलाई कानूनी दायरामा ल्याउन नसकेपछि प्रहरी नेतृत्वको आलोचना हुँदै आएको थियो । एसपी बोहरालाई उनी विरुद्ध आएको समाचार रोक्न सञ्चारकर्मीलाई धम्की दिएको आरोप समेत लागेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ११ : १६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले