१४ बैशाख २०८३, सोमबार | April 28, 2026

इलाम- २ मा २० जनाको उम्मेदवारी दर्ता



काठमाडौं । बैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार १२ दलका उम्मेदवार छन् भने ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

जसमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, राप्रपाका लक्ष्मी गुरुङ, नेपाली जनता दलका रेशम बहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बु, जनमत पार्टीबाट प्रेम कुमार थाम्सुहाङ, नेशनल रिपब्लिक नेपालबाट धनराज राना मगर, राप्रपा नेपालका गणेश बहादुर चौहान राष्ट्रिय जनमुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह र एकीकृत समाजवादीबाट जित बहादुर राई रहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरुमा अर्जुन बहादुर शाही, केशव कुमार चापागाई, डकेन्द्र सिंह लिम्बु, डाक प्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ८ : ४३ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११