८ चैत्र २०८२, आइतबार | March 22, 2026

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ‘ए’ को लगातार तेस्रो हार



काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ ।  एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो ।

नेपालका लागि अर्जुन कुमालले सर्बाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए । त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउदै २८४ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ‘ए’ का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

यो जितसँगै आयरल्याण्ड वोल्भ्सले एकदिवसीय सिरिज ३-० ले जितेको छ । यस अघि आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ४ : २८ बजे

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता