२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराको पहिलो निर्णय, भष्ट्राचार विरुद्ध रणनीति तथा कार्ययोजना बनाउन कार्यदल गठन



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरेका छन् ।

शपथ ग्रहण पश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भष्ट्राचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवम् विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ । यो कार्यदलले २ महिना भित्र कार्ययोजना सहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने छ । यस्तै पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागी सबै संग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उत्पादन संग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताए ।

संघिय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका महरा संगै अन्य तीन जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । नव नियुक्त मन्त्रीको जिम्मेवारी चाँडै तोकिने र एक महिना भित्र सरकारलाई पूर्णता दिनेगरी आफुले पहल लिएको मुख्यमन्त्री महराले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : १० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय