४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

रोचक बन्दै प्रिमियर लिग, लिभरपुल बराबरीमा रोकिदा आर्सनल फाइदामा



काठमाडौं । इंग्लिस प्रिमियर लिगको यस सिजन रोचक बनेको छ । यस सिजनका ३१-३१ खेल सकिदा लिगको उपाधि जित्न मुख्यत तीन टिमबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएपछि यसको फाइदा आर्सनललाई भएको छ ।

यस खेलमा म्यानचेस्टर युनाइटेडक लागि ब्रुनो फर्नानडेज र कोबी माइनूले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

अब लिगका ७ खेल खेल्न बाँकी रहदा अहिले शिर्ष स्थानमा आर्सनल रहेको छ । ३१ खेलमा ७१ अंक रहेको आर्सनल र लिभरपुलको पनि ७१ अंक रहेको अवस्थामा गोल अन्तरका आधारमा अगाडी रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलमा ७० अंक रहेको छ ।

त्यस्तैगरी लिभरपुललाई बराबरीमा रोकेको म्यानचेस्टर युनाइटेडको भने ३१ खेलमा ४९ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : ३२ बजे

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ