२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी



काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको छ ।

उक्त आगलागी नियन्त्रणका लागि अहिले दमकल पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए । उनले भने, “सशस्त्र प्रहरीको सामान राख्ने (स्टोर रुममा) घरमा आगलागी भएको भन्ने खबर आएको छ, आगलागीको कारण भने खुलेको छैन, विस्तृत विवरण आउन बाँकी रहेको छ ।”

दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ६ : ४७ बजे

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र