२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवल औद्योगिक क्षेत्रका उद्योगी टोली ३ जिल्लाको औद्योगिक भ्रमणमा



बुटवल । बुटवल औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरुको संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघको आयोजनामा उद्योगीहरु ३ दिने औद्योगिक क्षेत्र अध्ययन अवलोकन भ्रमण गरि रुपन्देही फर्केका छन् । संघका अध्यक्ष हिरामणी भट्टराईको नेतृत्वमा गएको उद्योगीहरुको टोलीले पाल्या, स्याङग्जा तथा कास्कीका पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्नुकासाथै पोखरा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुको अध्ययन भ्रमण गरेर बुटवल फर्केको हो ।

त्यसक्रममा उद्योगीहरुले बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, प्रवर्द्धन र अनुभव साटासाट गरेको संघका अध्यक्ष भट्टराईले बताए । उद्योगीहरुको टोलीले बुटवलका उद्योगी तथा बासिन्दाहरुको लगानीमा निमार्ण भैरहेको सेती नदी हाइड्रो पावरको अवलोकन पनि गरेको थियो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । अधिकांस बुटवल क्षेत्रमा रहेका उद्योगी व्यवसायीको लगानी रहेको सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्युत गृह बनाउन लागिएको छ । नदी जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना रहेको छ । बुटवलमा रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धन गरेको छ ।

संघका अध्यक्ष भट्टराईको नेतृत्वमा १८ सदस्यीय टोली पहिलो दिन स्याग्ङजाको भिरकोट नगरपालिका वडा नं. ८ ओकादीमा रहेको ओखती पानी तमु नासा होमस्टेमा पुगेर बास बसेको थियो । उद्योगीहरुको टोलीले स्थानिय महिलाहरुले सञ्चालन गरेको होमस्टेका बारेमा छलफल गर्नुकासाथै स्थानिय क्षेत्रहरुको अवलोकन गरेको थियो । ४५ घर गुरुङ वस्ती रहेको सो ठाउमा २०७५ सालमा होमस्टे स्थापना गरि आयआर्जन गर्ने काम सुरु गरिएको होमस्टे समितिका अध्यक्ष मनमाया गुरुङले बताइन् ।

भ्रमणको अन्तिम दिन पर्यटकीय नगरी पोखरा पुगेको संघको टोलीले पोखरा औद्योगिक क्षेत्र उद्योग संघसंग अन्तरक्रिया गरेको थियो । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष हिरामणी भट्टराईले आफ्नो भ्रमणको मुख्य उद्देश्य अवलोकन गरी अनुभव साटासाट गर्ने रहेको उल्लेख गर्दै आन्तरिक पर्यटन प्रबर्द्धनमा टेवा पु¥याउन भ्रमणको लागि उद्योगीहरुलाई आग्रह गरे । उनले त्यस अवसरमा पोखराका उद्योगीहरुलाई रुपन्देही र लुम्बिनीको भ्रमणका लागि निम्ता पनि गरेका थिए ।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठले व्यवसायिक अनुभवहरु एक–अर्कालाई सुनाउने, राम्रा र सकारात्मक कुराहरुलाई आगामी दिनमा प्रयोगमा ल्याउन सबैले पहल गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका सल्लाहाकार उद्योगी ज्ञानेन्द्र कशजुले उद्योगीहरुका समस्याका बारेमा राज्यलाई दवाव दिन उद्योगीहरुवीचको एकता जरुरी रहेको बताउदै साना उद्योगीहरुको कुरा कसैले नगरिदिएको धारणा राखे ।

त्यस अवसरमा टोलीले पोखरा औद्योगिक क्षेत्रमा रहेको नेपाल कै ठूलो डेरी उद्योग सुजल डेरी, माछापुच्छ्रे इन्जीनियरिङ वर्कस, रत्न इन्जीनियरिङ वर्कसलगायतका उद्योगहरुको अवलोकन गरेको थियो ।

भ्रमण टोलीका संयोजक यादव भण्डारीका अनुसार ३ दिवशीय भ्रमणले आन्तरिक पर्यटन प्रबर्द्धन तथा औद्योगिक उत्पादनको अध्ययन अवलोकन गर्ने राम्रो अवसर दिनुकासाथै भ्रमणबाट आन्तरिक सहकार्यमा बल प्राप्त भएको अनुभव सबै उद्योगीले गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ५ : ४९ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा