३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै, मत दिनु अघि मन्त्री नियुक्त गर्न गठबन्धनभित्र दवाब



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ ।  महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

तर विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पुर्व सहमति पालना नगरेको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन् ।

महराले तत्कालका लागि एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका एक एक जनालाई मन्त्री बनाएका छन् । महरालाई मुख्यमन्त्री नियुक्तिमा समर्थन जनाएका दलहरुले विश्वासको मत अगाडी नै सहमति अनुसार मन्त्री नियुक्त हुनुपर्ने माग गर्दै दवाव बढाएका छन् । १ सिट रहेको नेकपा एकीकृत समाजवादीले विश्वासको मत लिनु अघि मन्त्री नियुक्त नगरेर विश्वासको मत नदिने चेतावनी दिएको छ भने पुर्व सहमति अनुसार नाउपा र जसपाले २/२ मन्त्री नियुक्त नगरिए विश्वासको मत दिन बाध्य नहुने बताएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ११ : ३० बजे

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ