४ चैत्र २०८२, बुधबार | March 18, 2026

राप्ती नदीमा स्थायी तटबन्ध नहुँदा सीमा स्तम्भ कटानको जोखिममा



नेपालगन्ज । बाँकेको राप्ती नदीमा स्थायी तटबन्ध नहुँदा हरेक वर्षमा सीमा स्तम्भ नै नदीमा बग्ने गरेको छ । नेपाल र भारतको सिमा नदीकारुपमा रहेको राप्ती किनारमा रहेका सीमा स्तम्भहरु वर्षको भेलले कटान गर्दा स्तम्भहरु हराउने गरेका छन् ।

बाँकेका राप्ती नदी किनारमा रहेका मध्य हाल सम्म १६ वटा सीमा स्तम्भहरु राप्ती नदीले बगाएको बताइएको छ । राप्ती नदीको कटानका कारण हाल सम्म १६ वटा सीमा स्तम्भ नदीले बगाएको स्थानीयबासीले बताएका छन् । राप्ती नदीमा हरेक वर्ष वर्षायाममा नदी कटानले नदीको बहावले दिशा परिवर्तन गर्ने गरेको छ ।

बाँकेमा नेपाल(भारत सीमा हुँदै राप्ती नदी बग्ने गरेको छ । नेपाल र भारत तर्फ स्थायी तटबन्ध नहुँदा बाढीबाट सीमा स्तम्भ जोगाउन दुबै देशलाई चुनौती छ । नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले आफ्नो वडामा मात्र ३ वटा स्तम्भ नदीले बगाएको बताए । उनले नरैनापुरका अन्य वडाहरुमा पनि स्तम्भ कटानमा परेको जनाउँदै उनले यो बाँकेमा पुरानै समस्या भएको बताए । ‘यो हराएको वा कसले वरपर सारेको भन्दा पनि नदिमा आउने बाढिका कारण निम्तिएको समस्या हो ।’ वडा अध्यक्ष मौर्यले भने, ‘स्थानीयको जमिन सहित नदी किनारका सीमा स्तम्भ पनि कटानमा पर्ने गरेका छन् ।’

बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ बगेको स्थानीयको भनाई छ । त्यस बाहेकको अन्य सीमा स्तम्भ सुरक्षित रहेको र त्यसको सशस्त्र प्रहरी र भारतीय एसएसबीबाट अनुगमन र हुने गरेको वडा अध्यक्ष मौर्यले बताए । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले केहीमहिना पहिले सीमा स्तम्भहरुको मरमत र रङ्गरोगन समेत गरेको थियो । दुई देशको संयुक्त निर्णयमा केही महिनाअघि सशस्त्र प्रहरीले ७१ सीमा स्तम्भ रङरोगन गरेको छ । सन् २०१४ यता बनेका एक सय ४० सीमा स्तम्भमध्ये नेपालले बिजोर नम्बर र भारतले जोर नम्बर भएका सीमा स्तम्भ रङरोगन गरेका थिए । दुई देशको संयुक्त टोलीले सहमति कायम गर्न बाँकी रहेका एक सय ७१ सीमा स्तम्भको मर्मत र रङरोगन भने हुन सकेको छैन ।

बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र दुई सय ७९ सहायक गरी तीन सय ११ सीमा स्तम्भ छन् । बाढीले बगाएका सीमा स्तम्भ बनाउन दुबै देशको सहमति आवश्यक पर्ने भएकाले सरकारले कुटनीतिक पहल गर्नु पर्ने एक सुरक्षा अधिकारीले बताए । सीमा स्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने ब्यवस्था छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ९ : ५५ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको