३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलमा समुदायमा कोरोना परीक्षण सुरु, बुधबार २३४ जनाको स्वाव संकलन, समुदायमा कोरोनास्तर मापन हुने विश्वास



बुटवल । कोरोना भाइरसको महामारी फैलिएदेखि नै सबैभन्दा ठूलो संख्यामा बुटवल उपमहानगरबाट समुदास्तरमा स्वाव संकलन गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले रुपन्देहीलाई समुदाय स्तरमा कोरोना परीक्षण गर्नुपर्ने जिल्लामा वर्गीकरण गरेलगत्तै उपमहानगरबाट ठूलो संख्यामा स्वाव संकलन गरिएको हो ।

उपमहानगरको लुम्बिनी प्रादेशीक अस्पतालमा गरिएको स्वाव संकलनमा आज २ सय ३४ जनाको स्वाव संकलन गरिएको थियो ।

समुदायमा परीक्षण गर्ने निर्णय अनुसार आज विविध पेशा व्यवसायका व्यक्तिहरुको स्वाव संकलन गरिएको थियो ।

बुधबार संकलन गरिएको स्वावको रिपोर्टले रुपन्देही र बुटवलको वुटवलको अवस्थावारे जानकारी हुने विश्वास लिईएको छ ।

कोरोना समुदायमा छ या छैन भन्ने वारेमा आँकलन गर्न तथा प्रदेश ५ मा परीक्षणको दायरा फराकिलो बनाउन समुदायमा परीक्षण सुरु गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए ।

ुबेसलाईनको खोजि भएन भन्ने आलोचनालाई सम्बोधन गर्दै समुदायमा परीक्षण सुरु गरिएको होु, उनले भने ।

अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३ जनाको रिपोर्ट पोजिटिभ आएको डा। गौतमले बताए ।

अस्पतालबाट पोजेटिभ आएका मध्य आज पनि १ जना सम्पर्क बाहिर रहेको उनले जानकारी दिए ।

यसअघि कोरोना पुष्टि भएका २ जना पनि पुष्टि भए लगत्तै सम्पर्कबिहीन भएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ११ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका