१० पुस २०८२, बिहिबार | December 25, 2025

एमालेलाई १ नम्बरको पार्टी बनाउन नेपाल उत्पीडित जातीय मुक्ति समाज एकताबद्ध भएर लाग्ने



बुटवल । नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीले नवबर्ष २०८१को अबसरमा शुभकामना आदानप्रदान, संगठनको विस्तारित बैठक तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ। पुष्पलाल स्मृति भवन सुख्खानगरमा विशेष कार्यक्रम गर्दै समाजले नव वर्षको शुभकामना आदान प्रदान सहितको कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सचिव तथा पूर्व मन्त्री छविलाल बिश्वकर्माले परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरुलाइ जोगाउने र नयाँ उचाइमा पुराउने जिम्मेवारी मुक्ति समाजका कमरेडहरुको काँधमा आएको बताए । उनले लोकतन्त्र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता पिछडिए वर्गको लागि चाहिएको उल्लेख गर्दै दलित मुक्ति आन्दोलनले नेपालको राजनितीक परिवेशमा ठुलो योगदान गरेको बताए ।

कार्यक्रममा बोल्दै एमाले पोलिथब्युरो सदस्य दधिराम न्यौपानेले मुक्ति समाजको काम समाज रूपान्तरको लागि अत्यन्तै ठुलो भुमिका रहेको बताउँदै परिवर्तनलाई संस्थागत गर्न समाज जातिय कुरामा अल्झिन नहुने बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी अब नयाँ गतिले अगाडि बढ्न थालेको दाबी गर्दै मिसन ८४ लार्इ देशको पहिलो पार्टी बनाउन मुक्ति समाजको ठुलो भुमिका रहने बताए ।

मुक्ति समाजका केन्द्रिय उपाध्यक्ष नन्द विश्वकर्माले दलित मुक्ति संगठनले भोटर उत्पादन गर्यौ तर कार्यकर्ता उत्पादन गर्न नसक्दा अहिले संगठनमा कार्यकर्ताको खडेरी पर्न थालेको उल्लेख गर्दै पार्टीको मिसन ८४ मा पनि त्यो देखा पर्न सक्ने तर्फ सचेत हुन आग्रह गरे । उनले मुक्ति समाजको तर्फबाट हरेक क्षेत्रमा सचेतना पूर्बक लागेर पार्टीलाइ पहिलो बनाउन लाग्न निर्देशन दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १० : ३३ बजे

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान