२३ असार २०८३, मंगलबार | July 7, 2026

कोरोना त्रासले रोकेन पुल बनाउने काम, सडक डिभिजन बुटवलले बनायो २५ वटा पुल, १२ वटा रुपन्देहीमा मात्रै



बुटवल । कोरोना महामारीका कारण विकास निर्माणका धेरैजसो काम ठप्प भएका छन् । तर, सडक डिभिजन कार्यालय बुटवलले भने कोरोना कहरकै बीच प्रदेश ५ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा २५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ ।

पुल बनाउने काम सम्पन्न हुने अवस्थाकै बेला कोरोना महामारी फैलिए पनि सडक डिभिजनले कामलाई निरन्तरता दिँदै निर्माण कार्य सम्पन्न गरेको हो ।

यसबीचमा २५ वटा पक्की मोटरेवल पुल बनेका छन् । जसमध्ये १२ वटा पक्की पुल त रुपन्देहीमा मात्र सम्पन्न भएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

विगतका वर्षमा क्रमागत योजानको रुपमा सुरुवात भएका र नयाँ निर्माण सुरु भएका गरी कुल २५ वटा मोटरेवल पुल निर्माण यहि आर्थिक बर्षमा सम्पन्न भएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बताएका छन् ।

डिभिजन सडक कार्यालय बुटवलका अनुसार भलुही पुल निर्माण देवदह नगरपालिका वडा नं। १० बाघकुमार सामुदायिक वन रुपन्देहीमा पुल निर्माणको काम सकिएको छ ।

यस्तै, रुपन्देहीकै सैनामैना ९ देवपुरको उङरीडा पुल निर्माण पनि सकिएको छ । देवीनगर– हात्तीसुढ, देवीनगर–बुद्धनगर जोड्ने सडकको पुल, नयाँगाउ–दुर्गानगर सडकको दानव नदी पुल निर्माण पनि यही बीचमा सम्पन्न भएको छ ।

यसैगरी, देवदह नगरपालिका र तिलोत्तमा भाटा मक्रहर सडकको रोहिणी नदी पुल निर्माण पनि सम्पन्न भएका छन् ।

यस्तै रुपन्देही कै सिसापुर भवानीपुर सडक गौरी खोला पुल, भलुही मदरहानी सैनिक सडकको रोहिणी नदी पुल, सैनामैना ११ पाल्पा सडकको इन्गुरिया नदी पुल पनि पुरा भएको छ । गजेडडी रुद्रपुर सडकको कन्चन नदी पुल, सालझण्डीको कन्चन नदी पुल, हाटि वनगार्इ ७ मर्चवार लुम्बिनी सडकको विश्वकर्मा मन्दिर जोड्ने सडकको घाघ्ररा खोला पुल रुपन्देही यसै बर्ष निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालयले बुटवलले जनाएको छ ।

यसैगरी नवलपरासी जिल्लाको सनई गाविस ८ को कुन्डा खोला पुल निर्माण सम्पन्न भएको छ भने ठुलो खरटवाको खजुरा खोला पुल निर्माण पुरा भएको छ ।

यस्तै, सडक डिभिजन बुटवल अन्तर्गत बेनीमणिपुर गाविसको सिलौट घाटको विनयी खोला पुल, धुकोट गाविसको खकरा पुल, कावासोती ७ र १३ जोड्ने टेग्रीं खोला पुल पनि यसै बर्ष सम्पन्न भएका हुन ।

कावासोती ७ भेडीठिसको छोछडी खोला पुल, देवचुली–९ र कावासोती–१ जोड्ने लोकाहा खोला पुल, विजयपुर बर्दघाट नगरपालिका वडा नं। ११को भुताहा खोला पुल पनि यसै वर्ष निर्माण सम्पन्न भएका छन् ।

यातयात सञ्चालन भएका थप पुलहरुमा तिनाउ नदी पुल निर्माण बुटवल पुरानो बजार र नयाँ बजार जोड्ने सडक रुपन्देहीको पुल पनि पुरा भएको छ ।

यस्तै, टुटहवा नदी पुल निर्माण गूठी पर्सौनी सडक नवलपरासी, झरही पुल महेशपुर चिसापानी खजुरा खोला पुल निर्माण, सोनवर्षा अठिलही सडक, नवलपरासी, धनेवा खोला पुल, रामपुर खडौना ७ ठूलो खैरटहवा सडक, नवलपरासी, केरुङ्गे खोला पुल, कावासोती नगरपालिका वडा नं ४ र ५, नवलपरासी रहेका छन् ।

कोरोना महामारीका बीच समेत पुल निर्माणलाई तीब्रता दिएको कार्यालयले अत्यावश्यक रहेका पुल निर्माण सकेको डिभिजन प्रमुख मरासीनीको भनाइ छ ।

उनले निर्माण सकिएका पुल पुलमध्ये १२ वटा रुपन्देहीका र अन्य १३ वटा पूर्वी र पश्चिम नवलपरासीमा निर्माण भएको सडकमा बनेका हुन् । प्रत्येक पुलको लागत ६ करोडदेखि १२ करोडसम्म रहेको छ ।

सडक डिभिजनको प्रदेश संरचना अन्तर्गत कार्य बिभाजन नभएका कारण बुटवल नारायणगढ खण्डको गण्डकी प्रदेशको कावासोती पुर्व नवलपरासीको क्षेत्र बुटवलबाट हेर्ने गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ८ : ५५ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज