५ श्रावण २०८३, मंगलबार | July 22, 2026

शुद्ध नेपाली अर्गानिक चलचित्र हो ‘मनसरा’ : निर्देशक सुब्बा



बुटवल । जारी चलचित्रको सफलतापछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक राम्रो निर्देशकमा चिनिए । कथा, मेकिङ्ग, अभिनय, सम्बादमा पोख्त कलाकारलाई समावेश गरी जिवन्त फिल्म निर्देशन गर्ने सुब्बाको मनसराको चर्चा अहिले जताततै छ । दयाहांग राईको एउटा फिल्मले सफलता पाईरहदा बैशाख २१ गते लगातार दर्शकले हलमा उनको फिल्म हेर्न पाउनेछन । फिल्मको कथावस्तु देखि मनसरा एकदमै शुद्ध नेपाली अर्गानिक तथा मिठो फिल्म बनेकोले दर्शकको अपार माया फेरी पाउने निर्देशक सुब्बाको आशा छ ।

कविता कन्सर्ट मार्फत देशभर फिल्म मनसराको प्रमोशनमा आएका सुब्बा सहितका अभिनेता प्रविन खतिवडा, नायिका मिरुना मगर, मेनुका प्रधान, सिजन दाहाल लगायतको उपस्थितिमा चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले साक्षात्कार कार्यक्रम गरेको छ । सो कार्यक्रममा बोल्दै कलाकारहरुले फिल्म मनसरा बाट पुन: आशाबादी रहेको बताएका थिए । एउटा ग्रामिण समाजको कृषि खेति गर्ने समाजका पात्रको कथा फिल्ममा अर्गानिक तरिकाले उठाइएको निर्देशक सुब्बा बताउछन ।

सो अवसरमा बोल्दै नायिक मिरुना मगरले फिल्मको कथा बस्तु मनपरेपछी जारीको सफलतासंगै फिल्मको पात्रमा आफु सक्दो अभिनयमा गरेको बताईन । आफ्नो भूमिका बारे धेरै नबताऊदै मिरुनाले दर्शकको लागि २१ गते हलहलमा नेपाली फिल्मको मेला लाग्ने बताईन । आफ्नो कुरा राख्दै अर्की नायिका मेनुका प्रधानले जिवन्त कथामा अभिनय गर्न पाउदा खुसि लागेको र दर्शकले फिल्म रुचाउनेमा ढुक्क भएको बताएकी छिन । सो अवसरमा फिल्मबारे बताउदै भर्सटाइल अभिनेता पबिन खतिवडाले फिल्मले मनोरंजन संगै राम्रो सन्देश र उर्जा दिने समेत बताए। उनले आफ्नो अभिनय ससक्त कृषक युवाको भूमिकामा रहेको समेत बताए ।

निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक (कवि), जीवन बराल, अनिल सुब्बा, लोकमणी सापकोटा लगायतको पनि अभिनय छ । फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने छायाँकार पनि उनी नै हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा विष्ण कुमार थेबे, पर्शु अधिकारी र जीवन लिम्बू थाक्लुङ सह-निर्मातामा छन् । यही बैशाख २१ गतेबाट फिल्म प्रदर्शनमा आउने तयारीमा छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ०२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं