४ पुस २०८२, शुक्रबार | December 19, 2025

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा



काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलका दोस्रो लिगका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

युरोपा लिगको सेमिफाइनलमा इटालियन सिरी ए का एएस रोमा र एटलान्टा पुगेका छन् भने जर्मनी क्लब लिभरकुसन र फ्रेन्च क्लब मार्सेली सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा मार्सेलीले एटलान्टाको सामना गर्ने छ भने रोमाले जर्मन च्याम्पियन लिभरकुसनको सामना गर्ने छ ।

क्वाटरफाइनलमा रोमा एसी मिलानलाई पहिलो लिगमा १-० ले र दोस्रो लिगमा २-१ गरि समग्रमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै एटलान्टाले प्रिमियर लिग क्लब लिभरपुललाई पहिलो लिगमा ३-० ले पराजित गरेको थियो भने दोस्रो लिगमा लिभरपुलले १-० ले जितेपनि समग्रमा एटलान्टा ३-१ ले विजयी हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी लिभरकुसनले प्रिमियर लिग क्लब वेस्टह्यामलाई पहिलो लिगमा २-० र दोस्रो लिगमा १-१ को बराबरीसहित समग्रमा ३-१ ले पराजित गरेर सेमिफाइनमा पुगेको छ ।

त्यस्तै मार्सेलीले पोर्चुगलको क्लब बेनिफिकालाई पहिलो लिगमा २-१ ले पराजित भए पनि दोस्रो लिगमा १-० ले पराजित गर्दै समग्रमा २-२ को नतिजा आएपछि पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अब सेमिफाइनलको पहिलो लिगका खेल मे २ मा र दोस्रो लिगका खेल मे ९ मा हुने छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ४६ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,