२० भदौ २०८३, शनिबार | September 5, 2026

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती



बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले आफ्नो रजत जयन्ती मनाएको छ । आफ्नै बागेश्वरी थेयटरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले २५ औं बर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाएको हो । रजत जयन्ती समारोहको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उनले कला र साहित्यको क्षेत्रमा सहकार्य गरेर काम गर्न उपमहानगरपालिका तयार रहेको बताए । साथै उनले नेपाली कला र संस्कृतिको जर्गेना गर्न सवै लाग्नुपर्ने बताए । पश्चिमी कला र संस्कृतिका कारण नेपाली कलाको मौलिकता मर्न थालेको भन्दै यसको संरक्षण र प्रबद्र्धनमा राज्यले पहल कदमी गर्नुपर्ने बताए ।

संघिय राजधानी बाहिर अहिले पनि कला, संस्कृति, साहित्यको क्षेत्रमा उल्लेख्य काम हुन नसकेको भन्दै बुटवल उपमहानगरपालिका कलाको सम्मान गर्न सधै प्रतिबद्ध रहेको बताए । बागेश्वरी कला तथा संगित एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठले २५ बर्षको अवधिमा एकेडेमीबाट हजारौं विद्यार्थीहरुले कला र संगितकोे ज्ञान लिएको बताईन । साथै उनले कला र संस्कृति संग जोडिएका प्रतिष्ठान वा संस्थालाई राज्यले उपेक्षा गरेको भन्दै नेपाली कला र संगित जिवन्त राख्न प्रतिष्ठान वा संस्थाहरुलाई राज्यले संरक्षकत्व दिनुपर्ने बताईन ।

एकेडेमीका व्यवस्थापक दावा शेर्पाले एकेडेमीले २५ बर्ष पार गर्नु सामान्य विषय नभएको भन्दै यसले समाजलाई दिएको योगदानको चर्चा हुनुपर्ने बताए । उक्त कार्यक्रममा साहित्यकार घनश्याम परिश्रमीले साहित्य क्षेत्रको प्रबद्र्धनमा तीन वटै तह लाग्नुपर्ने बताए । कार्यक्रम सञ्चारकर्मी छाया पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुती गरिएको थियो । बागेश्वरीमा संगीत र नृत्य सिक्नेको पहिलो रोजाइमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ५ : ४९ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी