२० भदौ २०८३, शनिबार | September 5, 2026

बुटवलको बागेश्वरी संगीतालयमा ‘कोही किन बर्बाद होस’ नाटक मञ्चन हुँदै



बुटवल । बुटवलस्थित बागेश्वरी संगीतालयमा फागुन ६ गतेदेखि १५ गते सम्म ‘कोही किन बर्बाद होस’ नाटक मञ्चन हुने भएको छ । द नेक्स्ट लेभल प्रोडकसनको ब्यानरमा मनोविज्ञानमा आधारित नाटक कोही किन बर्बाद होस मञ्चन हुन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै गुरुकुलका कलाकार राजकुमार पुडासैनीले बुटवलमा नाटक अभियान अन्तरगतको कार्यक्रम भएको बताए । बिजय मल्ल र गोपाल प्रसाद रिमालले लेखेको बाल मनोविज्ञानमा आधारित नाटकमा बालकको हुर्काई प्रक्रियाका जटिलता, त्यसलाइ चिर्दै कसरी मद्दत गर्ने भन्ने कुरालाई यश नाटकमा देखाइने बताए । निर्देशक अश्विन केसीले अभिभावकले बच्चालाई समय दिन नसक्दा देखिएका समस्या आउन नदिको लागि नाटक महत्त्वपूर्ण रहने उल्लेख गरे । सांगीतिक नाटकको रुपमा यसलाई मञ्चन गरिने बताए ।

साढे १ घण्टाको कोहि किन बर्बाद होस नाटक टिममा १५ जना रहेका छन । हरेक दिन बिहान साढे ११ बजे, दिउँसो साढे २ बजे र साझ ५ बजे गरि तीन शो मा मञ्चन हुने निर्देशक केसीले जानकारी दिए । अहिले स्कुल तथा कलेजका विद्यार्थीगरुलाई लक्षित गर्दै आयोजना हुन लागेकी यस नाटकमा प्रतिब्यक्ती २५० र विद्यार्थीलाई १५० रुपैयाँ टिकट तोकिएको बताए ।

उनले ५० विद्यालयमा कुरा गरेको बताउदै धेरै भन्दा धेरै लाई सहभागी गराउने योजना रहेको बताए । बागेश्वरी संगितालयका व्यवस्थापक दर्पण शेर्पाले यहाँ २ वटा पिंजडा र बहुला काजिको सपना नाटक मञ्चन भईसकेको बताए । सह निर्देशक प्रदीप एडी, लक्की दिपक, समुन्द्र घिमिरे, टिएनएल प्रोडक्सनका शिव रिजाल, प्रोडक्सन म्यानेजर प्रदीप थापा क्षेत्री, कलाकारहरु स्वीकृति रेग्मी, स्नेहा पाण्डे, अभिशेक गैरे, अनिल घिमिरे, निशान थापा लगायतको सहभागीता रहेको थियो । नाटकको साढे ३ लाख तयारी खर्च लागेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : ५७ बजे

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन