१० बैशाख २०८३, बिहिबार | April 23, 2026

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु



बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको छ । लुम्बिनी भिजन युवा क्लब रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा आजदेखि भलिबल प्रतियोगिता शुरु भएको हो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सहिद स्मृति खेलकुद अन्तरगर्त भलिबल प्रतियोगिता २०८१ तथा खेलाडि सम्मान कार्यक्रम बुटवलमा शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले खेलले मानिसलाई सधै पुनर्ताजगी बनाउनुको साथै शारिर स्वास्थ्य राख्न पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

यसकारण पनि मानव स्वास्थ्यलाइ समेत जोडेर अहिले बुटवल उपमहानगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले भने सहिदहरुको त्याग, तपस्या र बलिदानीको स्मरण गर्दै खेल मार्फत युवाहरुलाई एकिकृत गर्ने प्रयासमा क्लव जुटेको छ उक्त कार्यमा उपमहानगरपालीका पनि संगै सहकार्य गरेको बताए ।

स्थानीय जनताको आवश्यकता र मागका आधारमा पालीकाले सेवा सुविधा दिने गरेको बताउदै आगामि दिनमा पनि सोही कल्वले बिभिन्न सामाजिक कार्य गर्दै नगर सगँ समन्वय गरी अगाडि बढ्न सुझाव दिए ।

बुटवल नगर भित्र कुनै एक क्षेत्रमा सहिदहरुको नाममा सहिद स्मृति पार्क निमार्णका लागि पहल गर्न अनुरोध गर्दै त्यसका लागी आवश्यक सहकार्य सहित बजेट विनियोजन गर्न बुटवल उपमहानगरपालिका तयार रहने प्रतिवद्धता ब्यक्त गरे प्रमुख पाण्डेले कार्यक्रम बारे सफलताको शुभकामना दिदै यस क्लबले समाजका युवा, महिला,जेष्ठ नागरिक र बालबालिकको क्षेत्रमा पनि संघ र प्रदेश सरकार सगँ सहकार्य गरी सामाजिक कार्य गर्दै अगाड बढ्न सुझाव दिए ।

अहिले उक्त खेलमा १३ जना समूहको सहभागीता रहेको छ । ११ पुरुषको समूह छ भने २ महिलाको समूह सहभागी छ । खेलकुद प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३५ हजार राशीको पुरस्कार सहित मेडल र प्रमाण पत्रको व्यवस्था रहेको छ भने दोस्रो हुने समूहलाई नगद ३० हजार सहित मेडल र प्रमाण पत्र, तेस्रो हुने समूहलाई नगद २५ हजार सहित मेडल र प्रमाण पत्र र सान्तवना हुने समूहले नगद २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

त्यस्तै उक्त कार्यक्रमको अन्तिम दिन समापनमा बुटवल उपमहानगरपालीका भित्र रहेका राष्ट्रिय खेलाडिहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष नारायण जि।सी निर्मलले जानकारी दिए । गणतन्त्र प्राप्तिको निम्ति शाहदत प्राप्त गरेका महान सहिदहरुको सम्झनामा यो खेलको आयोजना गरिएको हो उनले भने । बुटवल उपमहानगरपालिकामा रहेको खेलाडिहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने गरी कार्यक्रमको आयोजना गरिएको सोहि क्लबका अध्यक्ष जिसिले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : २२ बजे

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न वीरगञ्ज महानगरको अनुरोध

वीरगञ्ज । वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको

कांग्रेस संसदीय दलको विधान पारित, नेता चयनका लागि भोलि निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा

सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन

काठमाडौं । अवदेखि देशभरका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी कार्यान्वयन हुने