२० मंसिर २०८२, शनिबार | December 6, 2025

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं



काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग भएको बताएकी हुन् ।

उनले भनेकी छन्-  

साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर खुसी लाग्यो । हामीहरू सबै सहमत छौँ भने पछि यसमा विवाद हुनु पर्ने जस्तो केहि पनि नहुनु पर्ने हो । बरू राजनीतिक दलहरूले शिक्षालयमा बनाएका शिक्षकका दलीय संगठन र शिक्षकहरूको आफ्नो पार्टीमा भएको सदस्यता खारेज गरियो भन्ने आधिकारिक विज्ञप्ति आउनु पर्ने हो ।

माछा देख्दा दुलोभित्र हात, सर्प देख्दा दुलो बाहिर हात गर्ने दलहरूको चरित्र थाहा पाएर शिक्षकहरू स्वयमले पनि दलबाट स्वतन्त्रता खोज्नु पर्ने हो । दलीय शिक्षक संगठन खारेज हुनु पर्छ भन्ने मत हुँदाहुँदै पनि खारेज नहुनुको कारण राजनीतिक स्वार्थ र कहिलेसम्म उपयोग गर्ने भन्ने भन्दा अरू के होला र ?

अनुरोध गर्छु, शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो । शिक्षकको आदर्श र महत्वको प्रदुषण हो । शिक्षकहरूको सरुवा, बढुवा र समग्र वृत्तिविकासको लागि राजनैतिक दलको झण्डा बोक्नै पर्ने अवस्था छ भन्ने गुनासो सुनेको छु । त्यसको लागि पारदर्शी प्रकृया तोकौं, मेरिटको आधारमा गरौं, दलको अघि शीर झुकाउनु पर्ने नबनाऔँ । शिक्षकहरूलाई सम्मानपूर्वक आफ्नो काम गर्न दिउँ । सबै शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौँ । विश्वास छ, यति प्रष्टरूपमा दलका शिक्षक संगठन चाहिदैन भन्ने साथीहरूले यो अभियानमा सहयोग गर्नुहुनेछ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ९ : १४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय