३ पुस २०८२, बिहिबार | December 19, 2025

रुपन्देहीमा सुरु भयो राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन, सिद्धार्थ नगरका नगर प्रमुखबाट तथ्यांक लिने कामको सुरुवात



भैरहवा । कोरोना माहामारीकै बिच रुपन्देहीमा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन गर्ने कार्य शुरु भएको छ। हरेक नेपालीको वैयक्तिक विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समाविष्ट गरि राज्यले जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई एकीकृत प्रणाली मार्फत प्रवाह गर्न राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलन गर्ने काम सूरु गरिएको हो ।

राष्ट्रिय परिचयपत्र बितरणका लागि आजबाट तथ्यांक लिने कार्य शुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनले तत्काल जिल्ला प्रशासन कार्यालयको २ वटा संकलन स्टेशनबाट सेवा शुरु भएपनि प्रभावकारिताको आधारमा केन्द्रले ठाउँ ठाउँमा संकलन केन्द्र स्थापना गरेर तथ्यांक संकलनको ब्यवस्था मिलाउने जानकारी दिए ।

नेपाल सरकारले २०७५ मंसीरबाट सिंहदरबार र पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरणको शुरुवात गरेको थियो ।

सरकारले यो वर्ष एक करोड नागरिकको डाटा संकलन गर्ने लक्ष्य लिएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको तथ्यांक लिएर आजबाट सेवा सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जारी गर्ने यो परिचय पत्रमा नागरिकताको विवरणसहित अन्य उपयोगी विवरणहरु परिचय पत्रमा समावेश हुन्छन्।

व्यक्तिको राष्ट्रिय परिचय पत्र, मतदाता परिचय पत्र, जग्गा जमिन र अन्य सम्पतिको अभिलेखका रूपमा, बैंकिङ कारोवारको अभिलेख, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा एउटै परिचय पत्रको उपयोग गर्न सकिन्छ।

१० वटा डिजिटल नम्बर रहेको परिचय पत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्नुका साथै नेपाली, गैरआवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई यकिन गर्न मद्दत पुग्ने सरकारले विश्वास लिएको छ।

तथ्यांक भरेको केही दिनपछि परिचय पत्र डिजिटल प्रिन्ट भएर आउने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ३ : ५० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको