२४ भदौ २०८३, बुधबार | September 9, 2026

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार साँझ तिग्राङखानी क्षेत्रबाट ठूलो परिमाणमा सुक्खा पहिरो खसेर सडक ढाकिएको हो। पहिरो निरन्तर खसिरहेकाले काठमाडौं–मुग्लिन सडकखण्ड भएर दुवैतर्फ सञ्चालन हुने सबै प्रकारका सवारीसाधन रोकिएका छन्।

पहिरोका कारण काठमाडौं आउने र बाहिरिने सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडक सञ्चालन हुन नसक्दा यात्रुहरू समस्यामा परेका छन्।

जिल्ला प्रशासन कार्यालय धादिङले पहिरो खस्ने क्रम नरोकिएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्म पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको जनाएको छ।

उता, जिल्ला प्रशासन कार्यालय चितवनले पनि सूचना जारी गर्दै नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत धादिङको जवाङखोलामा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले यात्रा नगर्न तथा वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरेको छ।

प्रशासनका अनुसार पहिरो हटाउने कार्य सुरक्षा अवस्थाको मूल्यांकनपछि मात्र सुरु गरिनेछ। सडक अवरोध हटेपछि अर्को सूचना जारी गरिने जनाइएको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ८ : १२ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय