२२ भदौ २०८३, सोमबार | September 8, 2026

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित



काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ ।

२०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए ।

यसअघि टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ ।

अब सिरिजको दोस्रो खेल आइतबार हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ४ : ०५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार