१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

श्रीलङ्काका प्रधानमन्त्री महेन्द्रा राजापाक्ष शक्तिशाली हुने सङ्केत



एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री महेन्द्रा राजापाक्ष शक्तिशाली भएर सत्तामा रहने सङ्केत देखिएको छ । हालै भएको निर्वाचनमा राजापाक्षको सत्तारुढ दलले अत्यधिक मत पाएपछि थप शक्तिशाली हुने देखिएको हो ।

संसदीय निर्वाचनको नतिजा बिहीबारदेखि सार्वजनिक हुन थालेको छ । प्रारम्भिक नजिता अनुसार प्रधानमन्त्री महेन्दा राजापाक्षको दलले झण्डै ७२ प्रतिशत मत प्राप्त गरेर अग्रता लिइरहेको छ । यो विवरण देशको दक्षिणी क्षेत्रको हो ।

प्रधानमन्त्री राजापाक्षेका भाइ गोटावाया राजापाक्षले यसअघि गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेका थिए । त्यति बेलादेखि श्रीलङ्कामा भाइ राष्ट्रपति र दाइ प्रधानमन्त्री रहेका छन् ।

श्रीलङ्कामा राजापाक्षेको परिवारलाई राजनीतिक क्षेत्रमा निकै शक्तिशाली र चर्चित परिवार मानिन्छ । यो परिवारले लामो संघर्ष पनि गरेको इतिहास छ ।

गत सन् २०१९ मा भएको मुस्लीम धर्माबलम्वीहरूलाई लक्षित गरेर गराइएको ठूलो विस्फोटनको घटनालाई उनीहरुले राष्ट्रियतासँग जोडेर मतमा गरेकाले उनीहरु थप लोकप्रिय भएको बताइएको छ । सो घटनामा परी २७९ जनाको मृत्यु भएको थियो ।

श्रीलङ्कामा दशकौँ चलेको तामिल विद्रोहीसँगको द्वन्द्व अन्त्य गर्न दुवै दाजुभाइको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । सन् २००९ मा महेन्द्राले प्रधानमन्त्रीको रुपमा र गोटावायाले उच्च कर्मचारीको रुपमा भूमिका खेलेका थिए ।

प्रारम्भिक नतिजाका अनुसार प्रमुख विपक्षी दल एसजेवीले कुल मतको १३ प्रतिशत मात्रै मत प्राप्त गरेको छ । त्यसैगरी बामपन्थी पार्टी जेजेबीले आठ प्रतिशत र पुर्वप्रधानमन्त्री रनिल विक्रमादित्यको युनाइटेड नेशनल पार्टी (यूएनपी) ले चार प्रतिशत मात्रै मत पाएका छन् ।

कोरोनाभाइरसको त्रासका कारण मत गणनामा ढिलाइ भइरहेकाले नतिजा सार्वजनिक गर्न पनि ढिलाइ भइरहेको अधिकारीहरुको भनाइ छ । उनीहरूले बिहीबार सम्ममा नतिजा सार्वजनिक हुनसक्ने अनुमान गरेका छन् ।

श्रीलङ्काको संसदमा निर्वाचित हुने कुल २२५ सांसदमध्ये १३० देखि १३५ जनासम्म राजापाक्षको पार्टीका उम्मेदवार निर्वाचित हुने निजी क्षेत्रबाट भएको सर्वेक्षणले देखाएको छ । संविधान नै परिवर्तन गर्न मिल्नेगरी दुई तिहाइ बहुमत आउने सर्वेक्षणकर्ता तथा विश्लेषकहरुले बताएका छन् ।

“हामीले संसदमा निर्वाचनबाट दुई तिहाइ सांसदहरुलाई निर्वाचित गराएर ल्याउछौँ भन्नेमा हामी ढुक्क छौँ,” प्रधानमन्त्री राजापाक्षेले  भने ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ८ : २६ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट