२४ माघ २०८२, शनिबार | February 7, 2026

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने



नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क उपचार सेवा दिने भएको छ । महानगरमा रहेका ५२ अस्पतालका ३७४ बेडमा देशैभरका अशक्त र बिपन्न बिरामीले नि:शुल्क उपचार पाउने भएका हुन् ।

महामनगर प्रमुख बालेन साहले आज सामाजिक सञ्जालमा नेपालको जुनसुकै पालिकाका अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आएर नि:शुल्क सेवा लिन आह्वान गरेका छन् । ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार हुनेछ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

महानगर प्रमुख साहले देशभरका नागरिकलाई आफ्नो टोल छिमेक वा आफन्तहरू विपन्न र असहाय वर्गमा रहेको भए खबर गरिदिन पनि आग्रह गरेका छन् ।

त्यसैगरि काठमाडौं महानगरले सूचना प्रकाशित गर्दै नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराएको छ ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ अनुसार काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पतालहरुले विपन्न, असहाय र ब्यवारिसे नागरिकहरुलाई कुल शैयाको १० प्रतिशत विरामिलाई लाग्ने सम्पुर्ण उपचार खर्च निःशुल्क गर्नुपर्ने कानूनि व्यवस्था गरेको उल्लेख गर्दै नेपाल सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० घ मा समेत सो सम्बन्धि व्यवस्था गरेकाले नेपाल भरका उक्त वर्गमा पर्ने नागरिकहरुलाई काठमाण्डौ माहानगरपालिका क्षेत्र भित्रका अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रदान गरिएको जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : ४१ बजे

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई